यो बाटो काँ जान्या होला?
शताब्दीऔंसम्म स्वायत्त एवं स्वतन्त्र रहेको काली-महाकाली क्षेत्रमा सन् १८१६ पछि भौगोलिक र राजनीतिक परिदृश्य परिवर्तन भयो। आज दुई राष्ट्रका दुई कुना उभिए पनि दुवैतिर उही मानिस बसोबास गरिरहेका छन्। काठमाडौं र दिल्लीले विरलै यो वास्तविकताको आभास गर्छ।
भूगोल परिवर्तन हुन लाखौं वर्ष लाग्छ, तर भौगोलिक सर्वोच्चता भने केही दशक या शताब्दीभित्रै परिवर्तन हुन्छ। मानिसबीचका सम्बन्ध अविचलित रहन्छन्। शायद प्रतिकूल समयमा ती शीतनिद्रामा जान्छन् र अरू समयमा सक्रिय हुन थाल्छन्। विशाल तर नाजुक हिमालय जस्तै काली र महाकाली क्षेत्रका हिमालहरू पछिल्ला लाखौं वर्षदेखि ठडिँदै, चुलिँदै, क्षयीकृत हुँदै मुर्झाउँदै र बहँदै आएका छन्।
अपी हिमाल, नाम्फा, साइपाल, तिंकर, ओम पर्वत, तिंकर भञ्ज्याङलाई जोड्ने पर्वतश्रेणी, लिपुलेक, लिम्पियाधुरा, जोलिङ्गकङ (सानो कैलाश) तथा सिन्ला भञ्ज्याङ, राजरम्भा हिमाल, रालम भञ्ज्याङ, पञ्चचुली शिखरहरू र छिप्लाकोट युगौंदेखि यस क्षेत्रमा अवस्थित छन्। तर, हिमालयमा मानव जातिको हजारौं वर्ष लामो इतिहासमा ती पर्वतको नामकरण, पूजाआजा र हिमालय क्षेत्र आरपार चाहिं भर्खरै मात्रै हो।
हिमशिखर तलका हिमतालबाट उद्गम हुँदै शान्त प्रवाहित हिमनदीहरूबाट कालीमा आएर मिसिन्छन्। कालीको ठूलो जलग्रहण क्षेत्र कुमाउमा अवस्थित भए पनि नेपालबाटै धेरै नदी यसमा मिसिन्छन्। बरमदेव मण्डी (टनकपुर) पार गरेपछि यसको नाम शारदा हुन पुग्छ र ब्राहमघाटमा कर्णालीसँगको समागम पश्चात् यो संयुक्त नदी घाघ्रा (अयोध्या क्षेत्रमा सरयू) बन्छ र अन्ततोगत्वा बिहारको रेभेलगन्ज पुगेपछि गङ्गा नदीमा विलयन हुन्छ।
हिमालका भञ्ज्याङहरूले मानिस अनि घरपालुवा एवं जङ्गली जनावरलाई कर्णाली (सेती), काली (कुटी), याङ्ती, तिंकर, धौली पूर्व, गोरी, सर्यू, चमेलिया, ठुलीगढ, ततीगढ, तुलीगढ, लोहावती र लढिया एवं सतलज नदीका जलग्रहण क्षेत्र विभिन्न ठाउँबाट पार गर्न मद्दत गर्छन्।
नेपालको हकमा नदी भन्नु भञ्ज्याङ पनि हो, जुन हामी कर्णालीको छेउमा रहेको हिल्सालाई लिन सक्छौं। कुमाउ/उत्तराखण्डमा तिब्बतबाट कुनै नदी नआउनाले उच्च भूभागका भञ्ज्याङहरूले नै सो क्षेत्रलाई तिब्बतसँग जोड्दछन्। छिप्लाकोट, छियालेख, खप्तड तथा नाम्फा र तिंकर उपत्यका (दुवैतर्फ संरक्षित क्षेत्रहरू पनि छन्)का धेरै बुग्यालहरू (पाटनहरू) अझै पनि आफ्ना प्राकृतिक तथा सुन्दर स्वरूपमा यथावत् छन्। यी स्थानहरू प्रकृति, आराधना, गौचरन तथा औषधीय-सुवासित बोटबिरुवाका भण्डार हुन्।
जातीय विगत
मानव जाति विभिन्न जातीय समूहका रूपमा यो क्षेत्रमा आइपुग्यो। शुरूमा आए कोल्स/नेग्रोइड्स आजको कुमाउ र नेपालका शिल्पकार (दलित), दोस्रो लहर खस र कसिटिस (ककेसियन, जसको हिमाली जनसङ्ख्यामा ठूलो हिस्सा छ) को थियो भने तेस्रो लहरमा मङ्गोलोइड (यसमा उच्च भेगमा बस्ने जोहरी, रङ एवं ब्याँसी थिए जसलाई समष्टिगत रूपमा कुमाउमा शौकास र नेपालमा ब्याँसी भनेर चिनिन्छ र उपल्लो भेगका बनराजी तथा तराईका थारू) रहे।
यी सबै फरक फरक समयमा आएका हुन सक्छन्। अन्य विभिन्न समुदायसँग अन्तर्घुलित हुँदै र यिनको अस्तित्व पहिला आफ्नै सजातीय वा अरू नै समूहमा रहेको हुनसक्छ। यिनीहरू मध्यकालीन समय तथा त्यस यता हिमाली भेगको पूर्व-पश्चिम दुवै दिशा र उत्तरी समतल भूमि एवं भारतीय उपमहाद्वीपको अरू भूभागबाट पनि आएका हुन्।
मध्यकालीन समय र त्यस पश्चात् बसाइँ सर्ने जो कोही कुनै क्षेत्रमा बढी देख्न सकिन्छ। तर, यी वाचाल आप्रवासीहरूले पहिलेदेखि हिमालय क्षेत्रमा बसोबास गर्दै आएका शान्त समूहहरूलाई पूर्ण रूपमा दबाउन भने सकेनन्। द्वन्द्व, अन्तरक्रिया, मेलमिलाप र अन्ततः विभिन्न समूहको सम्मिलनले आजको यो समाजको अनुहार निर्माण गरेको छ।
नदीहरू हुन् वा हिमश्रेणी, हिमालयको दुई राज्य या समुदायको सीमारेखा कहिल्यै थिएनन्। यी अन्तरक्रियात्मक एवं अन्तरनिर्भर रहँदै प्राकृतिक रूपमा विकसित हुँदै आए। तिब्बतमा पनि मुख्य हिमाली जलोत्सारण क्षेत्र कहिल्यै सीमारेखा रहेन, यद्यपि सन् १९४९ पश्चात् चीन छिमेकी हिमाली राष्ट्रहरूसँग यसो गर्न सफल भयो।
कुनै पनि हिमाली अधिराज्य वा साम्राज्यले आफ्नो निरन्तरतालाई लामो समयसम्म कायम राख्न सकेनन्। तीमध्ये प्रायः मध्यकालतिरका वा आधुनिक सिर्जना हुन्। विशाल (ग्रेटर) गोरखा साम्राज्यको (१७९०-१८१५) उदयले नै आजको नेपाल राष्ट्र सम्भव बनाएको हो। सिक्किमदेखि (भुटान पनि) हिमाञ्चलसम्म यसले ‘नेपाली टापुहरू’ निर्माण गर्यो।
मननयोग्य के छ भने, कुनै पनि हिमाली अधिराज्य वा साम्राज्यले आफ्नो निरन्तरतालाई लामो समयसम्म कायम राख्न सकेनन्। तीमध्ये प्रायः मध्यकालतिरका वा आधुनिक सिर्जना हुन्। विशाल (ग्रेटर) गोरखा साम्राज्यको (१७९०-१८१५) उदयले नै आजको नेपाल राष्ट्र सम्भव बनाएको हो। सिक्किमदेखि (भुटान पनि) हिमाञ्चलसम्म यसले ‘नेपाली टापुहरू’ निर्माण गर्यो।
सधैं भनिन्छ, नेपाल कहिले पनि उपनिवेश भएन। तर, सत्य चाहिं बेलायतीहरूले भारतीय मूल राज्यहरू जस्तै यसलाई विभिन्न शक्तिशाली तवरले उपनिवेश बनाएका थिए। यो प्रक्रिया बेलायतीहरूले छोडेर गए पश्चात् पनि चलिरह्यो। राजनीतिदेखि अर्थनीतिसम्म, यो राष्ट्रलाई अरूले बनाएको मार्गमा पछ्याउन निरन्तर बाध्य पारियो।
यसरी हिमालयको यो भेग जातीय समूहहरू र पछि विभिन्न दिशाबाट आउने समुदायहरूका लागि सम्मिलन स्थल बन्न पुग्यो। केही सहस्राब्दी एकअर्कासँगको घुलमिलले यहाँ आएकाहरूको विभिन्न मूल अभिव्यक्तिलाई मिसाउन सकेन। यी मानिसका अनुहार, भाषा, शब्द, उखान, किंवदन्ती, लोक देवता, खानपिन, आनीबानी, वास्तुकला, बीउबिजन एवं स्थानीय विज्ञान तथा प्रविधिका रूपमा यी जीवितै रहन पुगे।
समाज
यस क्षेत्रको सामाजिक नक्शाको कल्पना गर्ने हो भने कालीका दुवैतर्फ हामी उही समुदायहरू देख्न सक्छौं। पहाडको फेददेखि उच्च हिमालयसम्मको सामान्य स्वरूप यस्तो छः थारूहरू (टनकपुर-खातिमा र महेन्द्रनगर-कञ्चनपुरभित्र एवं वरिपरि), ब्राह्मण/बाहुन/शिल्पकार तथा ठाकुर/ठकुरी (काली कुमाउ, सोर-पिथौरागढ र बैतडी-डडेल्धुरा)को जाति वा वर्गीकृत समाज, खस समुदाय, एक मात्र आदिवासी समूह बन्राजी र रङर ब्याँसी (अन्तिम तीन सबै धार्चुला र दार्चुलामा)।
मल्ल, बम, चन्द र गोर्खा शासनका बखत पूर्व-पश्चिम तथा पश्चिम-पूर्व बसाइँसराइ तथा बिहेबारी सामान्य रूपमा चल्थ्यो। यी हुलका हुल बसाइँसराइ भन्दा पनि सानो समुदायको ओहोरदोहोर थिए। फरक समुदायमा रहेका धेरै परिवारले यसो गरे। ब्राह्मण र ठकुरीहरू कालीको पूर्वी भागबाट पश्चिमी भागमा बसाइँ सरे। चलचित्र निर्माता एनएस (नारायणसिंह धामी) थापा वा लोकगायक भानुराम सुकोटीका पुर्खा यी आप्रवासीहरूमध्ये नै थिए।
विवाह अति महत्त्वपूर्ण सामाजिक कार्य हो, जुन दुवै तर्फबाट हुने गर्छ। एक बडो रमाइलो विवाह यहाँ उल्लेख गर्नु वाञ्छनीय हुन्छ। सन् १९३८ को गर्मीको दिनमा अल्मोडाको द्योराडी पन्त गाउँमा त्यहाँका १९ वर्षीय दुलहाको विवाह उत्सव शुरू भयो। तीन दिनको कठिन हिंडाइ पश्चात् उनीहरू पुगे बलदेव र लक्ष्मीदेवी भट्ट बसोबास गर्ने बैतडीको पाल चौराली गाउँमा, जसकी छोरी पुष्पा देवीदत्त (डीडी) पन्तसँग वैवाहिक सम्बन्धमा गाँसिइसकेकी थिइन्। तिनै डीडी पन्त केही वर्ष पश्चात् नोबल पुरस्कार विजेता सीभी रमनको विद्यार्थी बन्न पुगे र ‘फोटो फिजिक्स’ मा उल्लेखनीय काम गरे।
कुमाउका भिन्नभिन्न गाउँबाट नेपालका विभिन्न ठाउँमा बसाइँ सर्ने परिवारहरूलाई कुमाइ भनेर चिनिन्थ्यो। उनीहरू काठमाडौं उपत्यका र त्योभन्दा पर अनि सबैभन्दा टाढामा सिक्किम लगायत विभिन्न ठाउँमा फैलिए। उनीहरूमध्ये पन्त, जोशी, भट्ट र उप्रेती मुख्य थिए।
उनी पछि नैनीतालको डिएसबी कलेजमा प्रधानाध्यापक र कुमाउ विश्वविद्यालयको प्रथम उपकुलपति पनि बन्न पुगे। संयोगवश, बलदेव-लक्ष्मी भट्टका सबै छोरा-छोरी नैनीतालमा नै शिक्षित भएका थिए, जसमध्ये एक हुन् उद्धवदेव भट्ट, जो कालान्तरमा अमेरिकाका लागि नेपाली राजदूत बन्न पुगे।
कुमाउका भिन्नभिन्न गाउँबाट नेपालका विभिन्न ठाउँमा बसाइँ सर्ने परिवारहरूलाई कुमाइ भनेर चिनिन्थ्यो। उनीहरू काठमाडौं उपत्यका र त्योभन्दा पर अनि सबैभन्दा टाढामा सिक्किम लगायत विभिन्न ठाउँमा फैलिए। उनीहरूमध्ये पन्त, जोशी, भट्ट र उप्रेती मुख्य थिए।
मैले एक पटक सिक्किममा एक प्रहरी अधिकृत भेटें, जो कुमाइ परिवारका थिए। गोर्खा राज्यको समयमा उनका पुर्खाहरू कुमाउको गङ्गोली क्षेत्रबाट काठमाडौं बसाइँ सरेका रहेछन् र केही पुस्ता पश्चात् परिवारको एउटा हाँगो सिक्किममा बसाइँ सरेछ। हजारौं पुरुष, महिला र बालबालिका, जसलाई सन् १८००-१८१५ को समयमा उत्तराखण्डबाट दासका रूपमा नेपाल लगिएको थियो, दुई शताब्दीभित्र बृहत् नेपाली समाजमा घुलमिल भए। अहिले उनीहरूलाई पत्ता लगाउन अलि गाह्रो छ।
केही बौद्ध, मुसलमान, खम्पा सहित शिखहरू र प्रकृति पूजकहरू यो समाजका हिस्सा हुन्। औपनिवेशकालको व्यापारको कारण र पछि १९६० पश्चात्को कालखण्डमा धार्चुला/दार्चुलामा दोहोरो सीमाको अवधारणा, बाकुवाकोट (कुचियार)को दुवैतर्फ, जौलजीवी, झुलाघाट एवं टनकपुर-वनबासा/महेन्द्रनगर यस्ता ठाउँ बने जहाँ भिन्न शहरी र दुर्गम समुदायको ससाना आवश्यकता पूरा गर्न धेरै ‘बाहिरिया’ मान्छे पनि आए।
यसरी जातीय, सांस्कृतिक-भाषिक र पेशाको विविधता यहाँ निकै नै खुला रूपमा देख्न सकिन्छ। यी सबै नाकामा मानिसको ओहोरदोहोर सँगसँगै दुवै देशका सेना र अर्धसैनिक देख्न सकिन्छ। पुलहरूमा रहेका केही चेक पोस्टहरूलाई छोडेर यी सिमानामा हालको जस्तो पहरा दिने गरिएको थिएन।
बाँकी उपमहाद्वीप एकाधिकारवादी बीउ कम्पनीहरूद्वारा तहसनहस हुँदा पनि कर्णाली र सेती उपत्यकाहरूमा मैले अथरनजा प्रणाली फेला पारें, जसमा १८ भन्दा बढी किसिमका अन्न, दाल, तेलको बीउ, फलफूल, तरकारी, सुर्ती तथा उखु सानो परम्परागत कृषि प्रणाली अन्तर्गत उत्पादन गरिंदो रहेछ।
आर्थिक विविधता
यस क्षेत्रमा निकै आर्थिक विविधता देख्न सकिन्छ। केही दशक अघिसम्म शिकार र जोरजाम गर्नेहरू (वनराजी/राजीहरू) समेत यहाँ बसोबास गर्थे। उनीहरू सयौं वर्षको एकान्तबास या ओडारबाट त निस्केका छन्, तैपनि दुवै देशका ‘मूलधार’ उनीहरूबाट अझै पनि टाढा छ।
उनीहरू अझै पनि काठका भाँडा बनाउने, मह सङ्कलन गर्ने, माछा मार्ने र डकर्मीको काम गर्छन् र कुमाउमा १००० भन्दा कम तथा नेपालमा २४०० को हाराहारीमा छन्। अरू समुदायहरूमा गोठालो जाने, गाईबस्तु पाल्ने र स्थायी कृषिकर्म अनवरत चलिरहेका छन्। शौका (जोहरी-रङ्ग-ब्याँसी) गोठालो जाने र घुमन्ते जीवनशैलीबाट बाहिर निस्किरहेका छन् र यसो हुनुका पछाडि विभिन्न कारण छन्।
भारतीय-तिब्बती व्यापार बन्द भएपछि युगौं पुरानो आर्थिक क्रियाकलापको अन्त्य भयो। सन् १९६७ मा उत्तराखण्डका शौका, बन्राजी, थारू, बोक्सा र जउँसरीहरूले भारतको संविधानममा अनुसूचीकृत जातिहरू (सेड्युल्ड ट्राइब्स)को मान्यता पाएसँगै सरकारी जागीरको अवसर प्राप्त गरे। पहिलो चार अनुसूचीकृत जनजाति प्रायजसो कुमाउमा भेटिएका थिए।
बाँकी उपमहाद्वीप एकाधिकारवादी बीउ कम्पनीहरूद्वारा तहसनहस हुँदा पनि कर्णाली र सेती उपत्यकाहरूमा मैले अथरनजा प्रणाली फेला पारें, जसमा १८ भन्दा बढी किसिमका अन्न, दाल, तेलको बीउ, फलफूल, तरकारी, सुर्ती तथा उखु सानो परम्परागत कृषि प्रणाली अन्तर्गत उत्पादन गरिंदो रहेछ। काली नदी पारिपट्टि सीमावर्ती गाउँहरूमा पनि यही अभ्यास रहेछ। इजारन/खिल (एक प्रकारको झुम कृषि) अहिले पनि केही हदसम्म प्रचलनमा छ। यस क्षेत्रको कृषि विविधता अद्वितीय छ। यो प्राकृतिक जैविक कृषि हो जुन प्राकृतिक स्रोत एवं पेशाको अन्तर्सम्बन्ध मार्फत विकसित हुँदै आएको छ।
चिउरी, जसले सम्पूर्ण गरी फल, तेल र स्याउला दिन्छ, यो क्षेत्रमा मात्र (र बुटवलनिर पनि) पाइन्छ। दुर्लभ कस्तूरी मृग र हिउँचितुवा उच्च भेग र एशियाली हात्ती तथा बङ्गाल टाइगर पहाडको फेदतिर डुलिरहन्छन्। महासीर खास प्रकारको माछा हो जुन अरू भिन्न भिन्न माछाका प्रजातिसँगै काली र यसका सहायक नदीहरूमा पाइन्छ। पछिल्ला दशकमा यार्सागुम्बा/किडाजडै दुवैतर्फको हिमाली भेगमा पाइने गरेको छ। क्षेत्रीय अर्थतन्त्रलाई केही गति दिए पनि यसले द्वन्द्व पनि निम्त्याएको छ।
हस्तकला र कुटिर उद्योग (ऊन, अप्रशोधित तथा प्रशोधित छाला, काठ र बाँसमा आधारित) वस्तु विनिमय व्यापारसँग सम्बन्धित छन्, यद्यपि मानिसहरू आफ्ना लागि पनि उत्पादन गर्छन्। सन् १९६० सम्म तिब्बतसँगको व्यापारको एक महत्त्वपूर्ण गतिविधि हिउँद र बर्खायाममा वस्तुभाउ लिएर यताउता गर्ने र फिरन्ते क्रियाकलाप थियो। अन्ततः औपनिवेश कालमा सेवा क्षेत्रहरू विकसित हुँदै गएपछि तरुणहरू सेनामा भर्ती हुन थाले, जसबाट बाहिरी बसाइँसराइ तथा ‘पुँजी अर्थ व्यवस्था’ को सूत्रपात हुन पुग्यो।
नेपाल कहिल्यै औपनिवेशिक शासनमा रहेन, तर पनि यसले नेपाललाई गहिरो रूपले प्रभावित पारेको छ। नेपाल र उत्तराखण्डबाट बेलायती सेनामा भर्ती शौर्य एवं पराजयको छुट्टै कथा हो।
शौकाहरूलाई आफ्नो परम्परागत पेशा र पश्चिम तिब्बतबीचको पुरानो क्षेत्रभन्दा बाहिर निस्कन त्यति रुचि थिएन। चीनले तिब्बतलाई गाभेपछि व्यापारमा पूर्णविराम लाग्यो र उनीहरू ‘अरू’ कामबारे सोच्न थाले। शिक्षा र आरक्षणले उनीहरूलाई नयाँ स्थितिमा बानी पार्न मद्दत पुग्यो।
नेपाल कहिल्यै औपनिवेशिक शासनमा रहेन, तर पनि यसले नेपाललाई गहिरो रूपले प्रभावित पारेको छ। नेपाल र उत्तराखण्डबाट बेलायती सेनामा भर्ती शौर्य एवं पराजयको छुट्टै कथा हो। नेपालसँगको युद्ध (१८१४-१८१५)को अन्त्यतिर इस्ट इन्डिया कम्पनीका अधिकृतहरू नेपाली सैनिकहरूले युद्ध हारे पनि उनीहरूको बहादुरीदेखि एकदमै प्रभावित भएका थिए (मुख्यतः मलाउँ/हिमाचल र खलङ्गा/देहरादूनमा)।
बेलायतीले तत्कालै हिमाली मानिसहरू मात्र सम्मिलित सेना बनाउने विचार गरे। १९औं शताब्दीको दोस्रो दशकमा ‘द फस्ट किङ जर्जस् ओन गोर्खा राइफल्स’ स्थापना गरेर कार्यान्वयन गरियो। हैदराबाद टुकडीबाट विभिन्न गोर्खा, गढवाल र कुमाउ रेजिमेन्टहरूको उदय र बढोत्तरी एउटा उल्लेखनीय सैन्य तथा आर्थिक इतिहास हो।
केही कुमाउनी युवाले नेपाली थर प्रयोग गर्न थाले। त्यसपछि गोर्खा सबैभन्दा विश्वासिला सैनिक बन्न पुगे, जसले कम्पनी वा महारानीको शासनमा कहिल्यै विद्रोह गरेनन्। हाल ‘विश्व सैनिक’ उनीहरू मात्र हुन् जो संयुक्त राष्ट्रसङ्घको शान्तिसेना र विभिन्न देशमा सेवारत छन्।
यी सबै आर्थिक गतिविधि एकएक गरी आए, केही समय रहे अनि केही समयपछि रूपान्तरित भए वा हराए। वस्तु विनिमयको धारणा व्यापारको हिस्सा मात्र थिएन, जसमा हिमालपारि तिब्बतसँग अनि तिब्बत आफैंभित्र पनि समावेश थियो। यो सामाजिक (बसाइँसराइ, सीमा वारपार प्रेम तथा विवाह) तथा सांस्कृतिक-धार्मिक प्रणालीहरू (समान लोक देवीदेवता, नुक, पूजा गर्ने स्थान, किंवदन्ती र भाषा, मेलाहरू, सांस्कृतिक कार्यक्रम जुन ३, ६ वा १२ वर्षमा आउँछन्, तीर्थाटन र जात यात्राहरू) मार्फत विकसित भयो।
यस क्षेत्र र निकट छिमेकी देशहरू (पश्चिम तिब्बत र भारतीय मैदानी क्षेत्र) का स्रोतबाट यहाँको अर्थतन्त्र प्रारम्भ हुन्छ। गोठालो जाने र गाईबस्तु पाल्ने कुरा अरू थुप्रै क्षेत्रहरू जस्तैः कृषि, घरेलु उद्योग, यातायात एवं व्यापारसँग सम्बन्धित छन्।
यस क्षेत्र र निकट छिमेकी देशहरू (पश्चिम तिब्बत र भारतीय मैदानी क्षेत्र) का स्रोतबाट यहाँको अर्थतन्त्र प्रारम्भ हुन्छ। गोठालो जाने र गाईबस्तु पाल्ने कुरा अरू थुप्रै क्षेत्रहरू जस्तैः कृषि, घरेलु उद्योग, यातायात एवं व्यापारसँग सम्बन्धित छन्।
भारतीय, नेपाली र तिब्बती व्यापारीबीच हरेक वर्ष ग्रीष्मदेखि शरद ऋतुसम्म वस्तु विनिमय तथा अन्तक्रिया हुने गर्थ्याे। बढी भएको कुरा अरूसँग साटिन्थ्यो। केही कुराहरू तिब्बत तथा भारतमा रहेका उनीहरूका ग्राहकका लागि विशेष रूपमा खरीद गरिन्थ्यो।
भारतीय-तिब्बत व्यापारमा ध्यान केन्द्रित हुने भएकाले हामी नेपाल र कुमाउबीचको वस्तु विनिमय बिर्सने गर्छाैं, जहाँ औपनिवेशिक कालमा मुद्राको प्रचलन भइसकेको थियो। कुमाउनीगुर (सख्खर) र नेपाली घिउ व्यापारका मुख्य वस्तु थिए। ऊन, चौंरीगाईको पुच्छर, औषधिजन्य जडीबुटी, हुम्ली चौंरीगाई र जुम्ली घोडा यस्तै महत्त्वपूर्ण वस्तु थिए। दुवैतर्फ स्थानीय रोजगारीको अवसर अन्तरनिर्भर अर्थतन्त्रको हिस्सा थियो।
श्रम बजारको खोजी जाने गतिशीलता एवं अर्थतन्त्रको अर्काे पक्ष हो। कुमाउमा नेपाली श्रमिक जनशक्तिको भूमिका महत्त्वपूर्ण छ। उनीहरू निर्माणदेखि यातायात मजदूर, हिमाली भरिया, पथप्रदर्शक, भान्छे, चौकीदार, ड्राइभर तथा मेक्यानिक, कृषि र बागवानीका कामदारदेखि व्यवस्थापकका रूपमा सबैतिर फैलिएका छन्।
भारतीयहरू तीर्थाटन मार्गहरू र सन् २०१३ को बाढीले विध्वंस गरेको केदारनाथ शहर पुनर्निर्माणमा नेपाली भरिया/श्रमिकहरूको भूमिका सम्झने गर्छन्। भारत सरकार चाहिं, सयस, पालकीका डण्डी र कण्डी (घोडामा राखिने कुर्सी)का भरियाहरूले व्यक्तिगत तथा पारिवारिक रूपमा बाढीका कारण भोगेको क्षतिबारे बाँकी विश्वलाई बताउन चुकेको छ।
औपनिवेशक काल र त्यस यता तीर्थ जानेको सङ्ख्यामा वृद्धि भएको छ र आधुनिक पर्यटनको पनि शुरूआत गरिएको छ। हिल स्टेशन, क्यानटोनमेन्ट तथा रेल मार्फत तीर्थाटन, पर्यटन शुरू भएपछि भारत-तिब्बत व्यापारले यस क्षेत्रको प्रमुख आर्थिक क्रियाकलापका रूपमा गति पायो।
अझ रोचक के भने, भारतीय राज्यको पैसा र केन्द्रीय सरकारका जवाहर रोजगार योजना र अझ ‘महात्मा गान्धी नेशनल रुरल इम्प्लोइमेन्ट ग्यारेन्टी एक्ट’ समेत उत्तराखण्डका मानिसहरूले शिक्षा र बसाइसराइँका कारण शारीरिक श्रम छाड्न थालेका कारण नेपाली श्रमिकले पाउन थालेका छन्। नेपालबाट सीपयुक्त कामदार आउनु दुर्लभ नै भए पनि थोरै समयमा उनीहरू आफ्नै हिसाबले सीपयुक्त बन्छन्।
सांस्कृतिक कलेवर
युगौंदेखि हिमालय यावत् सूक्ष्म संस्कृतिको मञ्च रहँदै आएको छ जो एक-अर्कासँग मिसिई, सांस्कृतिक समानताको इन्द्रेणी बनेको छ। हिमालयभरि रहेका असङ्ख्य भञ्ज्याङहरूबाट मानिसहरू हुलका हुल र काफिलामा आई यस क्षेत्रमा बसोबास गरेको ऐतिहासिक प्रमाणहरूबाट खुलस्त हुन्छ। यस क्षेत्रको वर्तमान समाज लामो बसाइँसराइ र सहजीविताको नतीजा हो।
पश्चिम र मध्यदेखि दक्षिणएशियाबाट आउने आप्रवासीका लगभग सबै लहर हिमालय भएरै पार हुनुपर्थ्याे। यही बसोबास गर्ने वा यस क्षेत्र हुँदै हजारौं वर्षदेखि चलायमान मानिसहरूले यस क्षेत्रलाई आफ्नो घर बनाएका छन्। गुफा र पत्थरहरू, बीरखमहरू (नायक वा स्मारक पत्थरहरू), समाधि, आदेश, शिलालेख, विभिन्न सांस्कृतिक अभिव्यक्ति एवं नश्लीय तनावहरूले यस्ता स्थानान्तरणका बान्की तथा उत्पत्तिको विविधताबारे बोल्छन्।
यस क्षेत्रको सांस्कृतिक परिदृश्य रोचक एवं बहुपत्रीय छ। ब्रिटिश इन्डिया र बाँकी नेपालबीच सन् १८१६ मा काली नदीलाई दुई देशको सीमा घोषित गर्नु पूर्व यो आफैं एक क्षेत्र थियो। लोक देवीदेवता अनि लोक नायकहरू समान थिए। नेपालका मानिस कनर देवी र पञ्चेश्चर मन्दिरहरू एवं कुमाउका मेलाहरूमा आउँथे भने कुमाउका बासिन्दाहरू त्रिपुरासुन्दरी, निगलसैनी, उग्रतारा देवी र मल्लिकार्जुन मन्दिरको दर्शन र मेलामा पुग्थे।
नेपाल र कुमाउमा लता/लताउल (धनसैनी/बाधवे), मल्लिकार्जुन (उकु/अस्कोट), मलेनाथ र बैतालका सयौं मन्दिरहरू छन्। भनिन्छ पनि, गौरा मेशारको परम्परा अर्काे छेउमा नेपालबाट आएको हो।
लोहासुर मन्दिरहरू तिंकर (सन् १८१६ पूर्व यो सिमाना गाउँ कुमाउमा थियो) र छिप्रा (हुम्ला)मा थिए। तिंकर र वगलका गाउँका मानिसहरू छिप्रा जान्छन्, जहाँ लोहासुरको मूल मन्दिर अवस्थित छ। दुवै स्थानका झाँक्रीहरू हरेक वर्ष मानसरोवर र कैलाश जाने गर्थे। चामु मन्दिरहरू कुमाउ (वड्डा, चमदेवल, पञ्चेश्वर र थटगाउँ) र नेपाल (धमकुरी, सुरद र सन्तोला) दुवैतिर छन्। स्याङसे (गब्ला) रङहरूका मुख्य भगवान् हुन्।
ब्रिटिश इन्डिया र बाँकी नेपालबीच सन् १८१६ मा काली नदीलाई दुई देशको सीमा घोषित गर्नु पूर्व यो आफैं एक क्षेत्र थियो। लोक देवीदेवता अनि लोक नायकहरू समान थिए। नेपालका मानिस कनर देवी र पञ्चेश्चर मन्दिरहरू एवं कुमाउका मेलाहरूमा आउँथे भने कुमाउका बासिन्दाहरू त्रिपुरासुन्दरी, निगलसैनी, उग्रतारा देवी र मल्लिकार्जुन मन्दिरको दर्शन र मेलामा पुग्थे।
नेपालमा रहेको रौला केदार तथा पिथौरागढको थल केदार उत्तिकै महत्त्वपूर्ण एवं आकर्षक छन्। मञ्च (चम्पावत र तम्लीको बीचमा), जहाँ गोरखनाथको धुनी (पवित्र ज्योति) अझै बलिरहेको छ, यहाँ दुवैतर्फका गाउँलेहरू आउँछन्। हिमालयको यो भागमा स्थानीय देवी र देवताहरू २१औं शताब्दीको सामाजिक-सांस्कृतिक जीवनमा अझै पनि प्रभावशाली छन्।
उत्तर भारतमा रेलसञ्जाल आइपुग्नु अघि नेपालका तीर्थयात्री उत्तराखण्डको चारधाम आइपुग्थे। केदारनाथ र बद्रीनाथमा राम्रो अवस्थामा राखिएका नेपाली धर्मशालाले छुट्टै कथा बताउन सक्छन्। धेरै मान्छेलाई थाहा नहुन सक्छ, गङ्गोत्रीमा रहेको मन्दिर, जुन सन् १९४३ को बाढीले बगाएको थियो, सन् १८१४ अघि अमरसिंह थापाले बनाएका थिए।
उत्तराखण्डका तीर्थयात्री यही हिमाली मार्ग हुँदै मुक्तिनाथ पुग्थे। तर, अन्तिम तीर्थयात्रा भने दुवैतर्फका निम्ति कैलाश र मानसरोवर हुन्थे। यस क्षेत्रको समुदायका लागि कैलाश र मानसरोवर अलाहावाद, गया वा हरिद्वारभन्दा पनि महत्त्वपूर्ण छ। तीर्थ मार्गभरि स्थानीय शासक, समुदाय र व्यक्तिहरूले धर्मशाला बनाएका थिए। धर्मशाला बनाएका जसुली दन्तलको कथा काली पश्चिममा तथा छन्ना देवी तिंकरीको कथा काली पूर्वमा प्रख्यात छन्।
व्यापार मार्गहरू पछि तीर्थयात्रीहरूद्वारा प्रयोग हुन थाले। तसर्थ, तिब्बती व्यापारिक मार्गहरू हिमालयका भञ्ज्याङहरू नजिकै निर्माण गरिएका थिए। व्यापार र तीर्थका सिजनहरू लगभग उही हुन्थे। तिंकर एवं लिपुलेक भञ्ज्याङबाट व्यापारीहरू ताक्लाकोट तथा लिम्पियाधुरा, दर्मधुरा र कुङ्ग्री-बिङ्गरी भञ्ज्याङबाट ग्यानिमा र छक्रा जान्थे। यी व्यापारका केन्द्रहरू थप बाटाहरूसँग जोडिएका थिए जसले सामानहरू रेसम मार्गका बिन्दुहरूसम्म पुर्याउँथे।
संग्राम कार्कीका गाथाहरू दुवैतर्फ गाइन्छ र त्यसैगरी गोरिल र गोल्ला एवं छिप्पक देवताको कथाहरू। गोल्ला देवता गोरी र काली दुवै नदीसँग सम्बन्धित छन्।
संग्राम कार्कीका गाथाहरू दुवैतर्फ गाइन्छ र त्यसैगरी गोरिल र गोल्ला एवं छिप्पक देवताको कथाहरू। गोल्ला देवता गोरी र काली दुवै नदीसँग सम्बन्धित छन्। उनको कथा त्यस पश्चात् चम्पावत (मूल मन्दिर)मा रहेको गोरिल्ला चौद, अल्मोडाको चिताइ र नैनीतालको घोरखाल तथा पौरी गढवालको कन्डोलिया लगायत धेरै ठाउँसम्म विस्तारित हुन्छ। झुसिया दमाईं (१९१०-२००५) एक द्विराष्ट्रिय गायक थिए, अनि त्यस्तै भानुराम सुकोटि (१९३८-२०१६)।
झुसिया त्रिपुरासुन्दरी मन्दिरका प्रमुख चारण रहेछन्। झुसियाका वाद्ययन्त्र केही घण्टीहरू जडित हुर्का (ताल वाद्य) थियो। शेरसिंह रावत (पिथौरागढ निवासी) र कबुतारी देवी (१९३९-२०१८) दुवै नेपाली सङ्गीत र भाषाबाट प्रभावित थिए। लोकरत्न गुमानी (१७९१-१८४६)ले संस्कृत, हिन्दी, कुमाउनी र नेपालीमा लेखेका छन्। कालीको दुवैतर्फ एकै गीतहरू गाइन्छन् एकै साङ्गीतिक वाद्यवादनका साथ। तीमध्ये हुर्का सबैभन्दा अनमोल अनि कोमल हो।
धेरैले शास्त्रीय सङ्गीत सङ्गीतकार ठाकुर सुखावासी उर्फ बुलाकी राम (सन् १९००-१९७२)बाट सिकेका थिए। उनी पिथौरागढबाट शास्त्रीय सङ्गीत सिकाउन कालीको अर्काे छेउ गएका थिए (बाकु/बैतडीमा १५ वर्षभन्दा बढी बसे)।
सुपरिचित वास्तुविद् लरी बेकर (सन् १९१७-२००७)ले पिथौरागढबाट पश्चिम नेपालको भ्रमण गरी स्थानीय वास्तुकलाको अध्ययन गरे, जहाँ उनी दुई दशक बसे। प्राणवनान्द कैलाश यात्रा गर्दा, नारायण स्वामी (१९०८-१९५६) र खप्तड बाबा (केही समय अघि १०८ वर्षको उमेरमा देहावसान भएको) नारायण आश्रममा बसेको र खप्तड दुवैतर्फका निम्ति गर्वको स्थल रहेको छ।
भिक्टोरिया क्रस विजेता (दोस्रो विश्वयुद्ध) गजे घले (सन् १९१९-१९९७) अवकाश पश्चात् अल्मोडामा बस्थे। इन्डियन मिलिटरी एकेडेमी ख्यातीका रामसिंह ठकुरी (सन् १९१४-२००२) दोहोरो आप्रवासी थिए, जसका बाजे पिथौरागढबाट हिमाचल बसाइँ सरेका थिए र केही पुस्ता अघि उनीहरूको परिवार डोटीबाट मुनाकोट बसाइँ सर्यो। जुन वेला त्रिलोचन पाण्डे र डीडी शर्मा काली पश्चिममा लोककथा र भाषाको खोजीमा यात्रा गरिरहेका थिए, त्यसैवेला मार्क गाबोरीयु तथा जयराज पन्त उस्तै उद्देश्यका लागि नदीको अर्काेतर्फ यात्रारत थिए।
गौरा मेशर, चैतोल, हिल जात्रा र होली दुवैतिर मनाइने गरिन्छ। कुमाउ र अछामको होलीको विशिष्टता सम्बन्धित हुन सक्ला, तर पनि दुवैका आ-आफ्नै विशेषता छन्।
हेनरी (सन् १८४६, ४९) एवं रिचर्ड स्ट्राचे (१८४८, ४९) र ९ दशकपछि आर्नोल्ड हाइम तथा अगस्ट गान्सेरले कालीको दुवैतर्फ मात्र (सन् १९३६) नभएर पश्चिम तिब्बतको पनि यात्रा गरेका थिए।
गौरा मेशर, चैतोल, हिल जात्रा र होली दुवैतिर मनाइने गरिन्छ। कुमाउ र अछामको होलीको विशिष्टता सम्बन्धित हुन सक्ला, तर पनि दुवैका आ-आफ्नै विशेषता छन्। अछाममा यो विशुद्ध लोक प्रस्तुति हुनु जरुरी छ, तर कुमाउमा भने यसका तीन अनुहार/भाव हुने गर्छ।
खरी होली (हिंड्ने र गाउने), बैठी/बैठकी होली (बैठक वा आँगनमा बसेर शास्त्रीय राग गाउने) र थेटार (पुरुषहरूको अनुपस्थितिमा प्रत्यक्ष प्रस्तुति) सँगको महिला होली। होलीका रङहरू सधैं दोब्बर हुने गर्दछन्। यस कारण कि वसन्त ऋतुले प्रकृतिमा आफ्नै रङ लगाउँदछ।
हुम्ली झया र काङ्गडाली रङ समुदाय ब्याँ एवं चौदानहरूको चाडपर्व मध्यकालीन जुम्ली शासकको सामन्ती दमनसँग सम्बन्धित छ। छिप्ला जातसंयुक्त भए पनि मुख्य गरी खस सामुदायिक मामिला हो।
कनर देवी, जौलजीवी, तालेश्वर, उकु, गोकुल्य र पञ्चेश्वर मेलाहरू साझा वार्षिक सांस्कृतिक उत्सव हुन्। उत्तरायानी मेलाहरू धेरै बिन्दुमा एउटै प्रकृतिका छन्। दुवैतर्फका मानिसहरू आफ्ना माइती (जन्मघरका सदस्य) र आफन्तलाई भेट्छन्। यी मेलामा सङ्गीत, नृत्य र घरमा बनाएको खाना बाँडिन्छ। वेलाबखत विवाह पनि पक्का गरिन्छ।
काली नदी र यसको जलग्रहण छेउछाउका गाउँहरूको प्रायः घर उपत्यकाको नदीको पारि बस्ने कसैका लागि आमायाका (आमाको घर) वा ससुराल (सासूससुराको घर) हुन्छन्। मेलाहरू वस्तु विनिमयसँग पनि सम्बन्धित छन्। विभिन्न लोक खेलहरू अझै पनि यहाँ जीवित छन्, जस्तै पान्दनी, अद्दु (एक खुट्टे), बाघ बख्री। यसैगरी अन्य खेलहरू जस्तै भलिबल, फूटबल एवं किक्रेट पनि लोकप्रिय छन्।
भाषिक विविधता यहाँको अर्को मौलिक पक्ष हो। नेपाल (पूर्वीय पहाडी) र कुमाउ/उत्तराखण्डका (मध्य एवं पश्चिम पहाडी) प्रायजसो भाषा भारोपीय परिवारमा पर्दछन्। साथै, अस्ट्रिक (राजी भाषा) र भारो-तिब्बती (रङ) वा नेपाली-तिब्बती (तिंकरी, ब्याँसी) भाषिक परिवारहरू पनि यहाँ विद्यमान छन्। चाखलाग्दो कुरा चाहिं, भारत एवं नेपालका थारू समुदायको भाषा राजस्थानी तथा अवधी भाषाबाट प्रभावित छन्।
विज्ञहरूले कुमाउनी एवं डोटेली भाषामा समानता पत्ता लगाएका छन्। धेरैजसो मानिस कम्तीमा त्रिभाषी हुन् र सीमाको दुवैतर्फ गीत र सङ्गीत हावा जस्तै प्राकृतिक हुन्छ।
रङ भु (दर्मी, ब्याँसी र तिंकरी), कुमाउनी, मनिहरि कुमाउनी (मनिहर गोठ, चम्पावत र टनकपुर), डोटेली, नेपाली, तिब्बती, उर्दू र थारू यो क्षेत्रका मुख्य भाषाहरू हुन्। विज्ञहरूले कुमाउनी एवं डोटेली भाषामा समानता पत्ता लगाएका छन्। धेरैजसो मानिस कम्तीमा त्रिभाषी हुन् र सीमाको दुवैतर्फ गीत र सङ्गीत हावा जस्तै प्राकृतिक हुन्छ। चरा र सङ्गीतले राजनीतिक सीमालाई कहिल्यै स्विकार्दैनन्। लिखितभन्दा मौखिक भाषा यो क्षेत्रमा धेरै नै प्रभावशाली छ।
राज्य र साम्राज्य
भनिन्छ, केही हिमाली भेगहरू एकदमै थोरै समयका लागि मौर्य र गुप्ता साम्राज्य अधीनमा आएका थिए। चिनियाँ यात्री सुवानजान (जसले सन् ६३०-६४३ को बीच भारत भ्रमण गरेका थिए) सन् ६३७ मा उत्तराखण्डको पहाडका फेदी फेदी हुँदै हिंडेका थिए र यस क्षेत्रको बहुल राज्यहरूबारे लेखेका थिए।
सुल्तानत र मुगल कालमा पनि स्थिति यही थियो। १८औं शताब्दीको मध्य/पछिल्लो खण्ड वा १९औं शताब्दीको शुरूमा तीन हिमाली साम्राज्यहरूको (डोग्रा, गोर्खा र अहोम) उदय हुने समयसम्म भिन्न-भिन्न हिमाली क्षेत्रहरू साना रियासतहरूद्वारा सञ्चालित थिए। सन् १७९० अघि नेपालमा लगभग ४६ (बाइसे र चौबीसे) राज्य थिए।
कुमाउ र गढवालमा चन्द तथा पनवार शासकहरूले एकीकरण गर्नु पूर्व ६० साना राजाहरूले शासन गरिरहेका थिए। हिमाञ्चल र कश्मिरमा पनि बहुल राज्य थिए। मेरो विचारमा यो भूगोलको अनिवार्यता थियो, जसले स्थानीय स्वायत्तता एवं स्वतन्त्रताको विचारलाई मलजल गर्यो। केही सीमा क्षेत्रमा शासित नहुने विचार पनि विद्यमान थियो।
वंशका हिसाबले कट्युरीहरू (सातौं शताब्दी पश्चात्) उत्तराखण्डको पहिलो ठूलो राज्य हुन्, जुन पश्चिम नेपालसम्म विस्तारित भए। यस अघि कुनिन्डहरू (कट्युरी पहिले) उत्तराखण्डको दक्षिण-पश्चिममा सीमित थिए। अशोक मल्ल र काली पूर्वबाट क्राचल्ल देवको उदय मल्ल अभ्युदयको सङ्केत थियो।
गोर्खाहरूको उदय पूर्व प्रमुख प्रशासनिक केन्द्रहरू दिपायल, अजयमेरु (देवलहत), चम्पावत, पिथौरागढ, अस्कोट तथा सिराकोट (दिदिहट) थिए।
पृथ्वीराज चौहान मोहम्मद गोरीसँग पराजित भएको वर्ष सन् ११९१ मा अशोक मल्लले कट्युरी क्षेत्रका केही भेगहरू कब्जा गरे। सन् १२२३ मा क्राचल्ल देवले कट्युरीलाई अझ ध्वस्त पारिदिए र कुमाउमा शासन गरिरहे। उनी पछि मात्र केही कट्युरी राज्यहरू देखा परे।
अस्कोट राजबारहरू कट्युरीहरूका सन्तान थिए र लामो समयसम्म कालीका दुवैतर्फ शासन गरेका थिए। मल्लहरूपछि बमहरूले पनि कुमाउको केही भाग कब्जा गरे। चम्पावतका चन्दहरूको उदय र विस्तार सो क्षेत्रमा एउटा नयाँ शुरूआत थियो, किनभने उनीहरूले सोरद र काली पूर्व जोडिएको भाग पनि शासन गर्दथे।
पछि, उनीहरूले राजधानी अल्मोडा सारे र सन् १७९० मा नेपालबाट अर्काे आक्रमणकारी गोर्खाहरू नआउन्जेल शासन गरे। गोर्खाहरूको उदय पूर्व प्रमुख प्रशासनिक केन्द्रहरू दिपायल, अजयमेरु (देवलहत), चम्पावत, पिथौरागढ, अस्कोट तथा सिराकोट (दिदिहट) थिए।
जुम्ली शासकहरूले तिंकर एवं लिपुलेक भञ्ज्याङ र ब्याँस तथा चौदनको गाउँहरू हुँदै हिंड्ने व्यापारी समूहहरूलाई निरन्तर आक्रमण गरिरहे। इतिहासकार तथा स्थानीय समुदायको भनाइमा जबर्जस्ती चन्दा उठाउनु उनीहरूको मुख्य काम थियो। कुमाउका रङहरूले तीन शासकहरू, कुम्ली, तिब्बती र कुमाउका राजवर/चन्दलाई कर तिरिरहे।
बैसिका प्रमुखहरू जब भविष्यको नेपालको साना भिन्न राज्यहरूमाथि शासन गरिरहेका थिए, उता चन्दहरू भने आफ्नो शक्ति कुमाउमा सिञ्चित गर्दै थिए। उनीहरूले सोर, सिरा, सोरद, डोटी, गङ्गोली तथा अरू साना राज्यहरू कब्जा गरे र कुमाउका शासक बने, जसमा वर्तमान पश्चिम नेपालको केही भूभाग पनि पर्दथ्यो।
सन् १७५० पछि गोर्खा राज्यको उदय बृहत् हिमालय इतिहासको सन्दर्भमा एक महत्त्वपूर्ण घटनाक्रम थियो। यो त्यही वेला थियो, जब इस्ट इन्डिया कम्पनी प्लासीको युद्धको तयारी गरिरहेको थियो। गोर्खाहरूले पहिला चौबीसे त्यसपछि बाइसे राज्य कब्जा गरे। छिटै उनीहरू चन्द भूभाग छुनेवाला थिए।
गोर्खालीहरू स्थानीय शासकहरूभन्दा धेरै नै दमनकारी थिए। कुमाउमा अझै पनि ‘गोर्ख्याेल’, गढवालमा ‘गोर्ख्यानी’ तथा हिमाचलमा ‘गोरखशाही’ भनेर सम्झिने गरिन्छ। दमनकारी कर एवं न्याय प्रणाली र मानिसको किनबेच यस ‘सैन्य सामन्तवाद’ का मुख्य पक्षहरू हुन्।
यूरोपमा नेपोलियनको उदय भएको वर्ष राज्य गृहयुद्धमा होमिएकाले विना कुनै प्रतिरोध गोर्खा कुमाउ आइपुगेका थिए। गोर्खाहरूले हतारोमै तिब्बतमाथि पनि आक्रमण गरे, तर शीघ्र उनीहरू तिब्बती/चिनियाँ सेनाबाट पराजित भए। यो हारले उनीहरूलाई अझ पश्चिमतर्फ लम्कन रोक्यो।
सन् १८०३-०४ मा मात्र उनीहरूले भूकम्पले क्षतिग्रस्त गढवालमाथि आक्रमण गरे। देहरादूनमा गोर्खालीसँग लड्दालड्दै गढवालका राजाको मृत्यु भयो। उनीहरू सतलज पार गरी सन् १८०९ तिर काङ्गडा पुगे। पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको छोटो समयको गोर्खा साम्राज्यको यो चरमोत्कर्ष थियो।
गोर्खालीहरू स्थानीय शासकहरूभन्दा धेरै नै दमनकारी थिए। कुमाउमा अझै पनि ‘गोर्ख्याेल’, गढवालमा ‘गोर्ख्यानी’ तथा हिमाचलमा ‘गोरखशाही’ भनेर सम्झिने गरिन्छ। दमनकारी कर एवं न्याय प्रणाली र मानिसको किनबेच यस ‘सैन्य सामन्तवाद’ का मुख्य पक्षहरू हुन्। हिमालयमा इस्ट इन्डिया कम्पनीको निरन्तर दृष्टि र यूरोपमा नेपोलियनको उदय गोर्खा राज्यले चिन्न सकेन। कमजोर र विभाजित मध्यकालीन प्रणालीहरूले यसको प्रतिवाद गर्न सकेनन्।
सुगौली सन्धि (सन् १८१६) स्थानीय इतिहासमा नयाँ मोड थियो, किनभने पहिलो पटक काली नदी नेपाल र बेलायती कुमाउबीच अन्तर्राष्ट्रिय सीमा बनेको थियो। यसले तल्लो भेगदेखि हिमालय वारिपारिसम्म फैलिएको बृहत् समुदायलाई लगभग विभाजन गरिदियो। नदीहरूलाई सिमाना बनाइँदा ठूलो गढवाल अधिराज्यबाट तेहरी राज्य छुट्टियो।
औपनिवेशिक शक्तिले गोर्खा शासनको विपक्षमा रहेका स्थानीयहरूलाई आफ्नो आधारभूत शक्तिका रूपमा प्रयोग गर्यो। नेपालसँग युद्ध शुरू हुनु अघि उत्तराखण्ड पुगेका विभिन्न यात्रीहरूका रिपोर्टहरू उनीहरूले प्रयोग गरे र सो क्षेत्रका स्रोतहरू तथा हिमाल वारपार हुने व्यापारको परिमाणबारे प्रारम्भिक आकलन गरे।
हिमालयमा पछिल्लो दुई हजार वर्षमा नभएको परिवर्तन औपनिवेशिक शासनकालमा २०० वर्षभित्र नै हुन पुग्यो। रोचक त के छ भने, काली नदीको पश्चिम तर्फको क्षेत्र औपनिवेशिक शासनको अधीनमा आयो र काली पूर्व भने आदिवासी गोर्खा शासन मातहतमै रह्यो।
औपनिवेशिक शासनले हिमालयको राजनीतिक परिदृश्यलाई नै परिवर्तन गरिदियो। जहाँ इस्ट इन्डिया कम्पनी सीधै प्रवेश गर्न सक्दैनथ्यो ऊ सन्धिको उपाय अपनाउँथ्यो। हिमालयमा पछिल्लो दुई हजार वर्षमा नभएको परिवर्तन औपनिवेशिक शासनकालमा २०० वर्षभित्र नै हुन पुग्यो। रोचक त के छ भने, काली नदीको पश्चिम तर्फको क्षेत्र औपनिवेशिक शासनको अधीनमा आयो र काली पूर्व भने आदिवासी गोर्खा शासन मातहतमै रह्यो।
यसरी पुरानो सामन्ती तथा नयाँ औपनिवेशिक दुवै खाले प्रणालीहरू काली उपत्यकामा सँगसँगै अस्तित्वमा आए। पश्चिम भाग तर्फ केही धर्म प्रचारकहरूले धर्म परिवर्तनको लक्ष्यका साथ स्वास्थ्य तथा शिक्षाको काम गर्न थाले, जुन कुरा पूर्व भागपट्टि भने सम्भव रहेन। पछि नारायण स्वामीको काम पनि शिक्षा, स्वास्थ्य एवं तीर्थाटनमा नै केन्द्रित भयो, जसबाट दुवै तर्फका गाउँलेहरूलाई मद्दत पुग्यो।
औपनिवेशिक शासकहरूले कोरेका सीमाहरूबारे हामीमाझ अझै स्पष्टता छैन। कालापानी-लिपुलेकको विवाद नै हेरौं, जुन सुल्झाउन दुवै देश असफल देखिन्छन्। काली नदीको उत्पत्तिको प्रश्नलाई एकदमै सतही रूपमा लिइयो। प्रायः विज्ञ र नेताहरूले के कुरा बुझेनन् भने, नक्शाहरू बनाउन भन्दा पहिला र धेरै नक्शाहरू बनाए पश्चात् पनि काली हाल जहाँ छ त्यही थियो।
कुटी याङ्दी अर्को खोला थियो। गुञ्जीमा सङ्गम हुन अगाडि काली धेरथोर उत्तर-दक्षिण र कुटी उत्तरपश्चिम-दक्षिणपूर्व बगिरहेका थिए। कालीको तिरैतिरको बाटोले लिपुलेक भञ्ज्याङ पुर्याउँछ भने कुटीको तिरैतिरको बाटोले लिम्पियाधुरा। पहिलो भञ्ज्याङ कर्णाली उपत्यकामा देखा पर्छ, जहाँ उनीहरूको व्यापारिक बजार पर्दछ। दोस्रोले सतलजको जलग्रहण क्षेत्रको बजारमा पुर्याउँदछ।
औपनिवेशिक शासकहरूले यो कुरा बुझेर सन् १८५० र १८७९ को बीचमा सीमा परिवर्तन गरिदिए। कालापानी पूर्व हिमश्रेणीतर्फ सिमाना बनाइयो, जसले तिंकर लिपुलाई लिपुलेकसँग जोड्छ। यहाँ खासमा भारत, नेपाल एवं तिब्बत (चीन) को त्रिदेशीय बिन्दु अवस्थित छ। त्यस वेलादेखि नै यो निरन्तर छ।
मध्यकालदेखि प्रयोगमा रहेको लिपुलेक एक चन्द शासक बज बहादुरले सन् १६७० मा व्यापारका लागि मार्ग सुरक्षित गर्ने उद्देश्यका लागि केही समय कब्जा गरे, जुन गोर्खा एवं औपनिवेशिक शासनको बखत पनि निरन्तर रह्यो। कुमाउका दुई निकट गाउँहरू ब्याँस-छाङ्गरु तथा तिंकर सन्धि पश्चात् नेपाललाई दिइयो। तर, सन् १८२४ सम्म समुदायमा असन्तुष्टि देखा परिरह्यो। तैपनि, इस्ट इन्डिया कम्पनीले सन्धिका प्रावधान अनवरत पालन गरिरह्यो।
यसको सिमाना त्यसै समयदेखि प्रष्ट छ। सन् १८४६ मा जब हेनरी स्ट्राचेले छाङ्गरु र तिंकरको भ्रमण गरे तथा गाउँलेहरूलाई भेटी उनीहरूको कुरा सुने, उनले कम्पनीका अधिकारीहरूले गल्ती गरेको महसूस गरे। किनकि, दुवै गाउँ कुमाउँमा रहनुपर्ने थियो।
औपनिवेशिक शासकहरूले यो कुरा बुझेर सन् १८५० र १८७९ को बीचमा सीमा परिवर्तन गरिदिए। कालापानी पूर्व हिमश्रेणीतर्फ सिमाना बनाइयो, जसले तिंकर लिपुलाई लिपुलेकसँग जोड्छ। यहाँ खासमा भारत, नेपाल एवं तिब्बत (चीन) को त्रिदेशीय बिन्दु अवस्थित छ। त्यस वेलादेखि नै यो निरन्तर छ।
भारतको पहिलो स्वतन्त्रता युद्ध दबाउन नेपालले खेलेको भूमिकाको प्रशंसा स्वरूप अवध क्षेत्र (नयाँ देश) नेपाललाई प्रदान गरियो। त्यही समयमा बेगम हजरत महल र नाना साहिब, जो युद्धका प्रमुख नेताहरू थिए, नेपालमा शरण तथा मार्ग प्राप्त गरे।
सन् १८५७ मा ‘नयाँ देश’ दिइँदा नेपाली शासकले यो कुनाको माग गरेन। यो साँचो हो कि सीमाङ्कन जटिल विषय हो, तर दुवै राष्ट्र बसेर यसलाई सुल्झाउन सकिन्छ। हामीले यो विषयमा गहिरो अध्ययन गरेका छौं। (पाठक र पन्त,२०२०, कालापानी और लिपुलेकः एक पड्ताल)।
सुगौली पश्चात् औपनिवेशिक शक्तिको नेपाली शासकहरूसँगको सम्बन्ध अनुसार सीमाहरू धेरै पटक परिवर्तन भए। सन् १८५७ को विद्रोहमा नेपाली शासक जङ्गबहादुर राणाले इस्ट इन्डिया कम्पनीलाई सहयोग गर्दै स्वयं विद्रोह दबाउन गोरखपुर एवं लखनउ पुगे। भारतको पहिलो स्वतन्त्रता युद्ध दबाउन नेपालले खेलेको भूमिकाको प्रशंसा स्वरूप अवध क्षेत्र (नयाँ देश) नेपाललाई प्रदान गरियो। त्यही समयमा बेगम हजरत महल र नाना साहिब, जो युद्धका प्रमुख नेताहरू थिए, नेपालमा शरण तथा मार्ग प्राप्त गरे।
स्वतन्त्रता आन्दोलनको पछिल्लो कालखण्डमा कैयौं नेपाली नेताहरू भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक भए जसमध्ये एक बीपी कोइराला (सन् १९१४-१९८२) थिए। फणिश्वर नाथ ‘रेणु’ (सन् १९२१-१९७७) जस्ता भारतीयहरू पनि नेपाली आन्दोलनमा सहभागी थिए।
१९४७ पश्चात्को परिदृश्य
स्वतन्त्रतापछिको भारत र नेपाल सम्बन्ध सबैलाई थाहा भएकाले यहाँ पुनरावृत्ति गरिन्न। तर, सारमा भन्नुपर्दा, २०औं शताब्दीमा बेलायतद्वारा शासित भारत होस् वा स्वतन्त्र भारत, काली क्षेत्रमा दुवै देशको सम्बन्ध उत्कृष्ट रह्यो। दुवै राष्ट्रबीच व्यापार समधुर रूपमा भइरहेको छ। नेपालका युवाहरूले पारिपट्टि रोजगारी र मौसमी काम पाइरहेका छन्।
कुमाउका धेरै शिक्षकहरूले नेपालमा सेवा गरेका छन् र तीमध्ये केहीको त आजसम्म पनि मायाका साथ सम्झना गरिन्छ। भोपुर (बझाङ)को स्कूलमा यसका संस्थापक प्रधानाध्यापक रामदत्त अवस्थी (सन् १९०७-१९९०) को शालिक यो विरासतको उदाहरण हो। उता, नेपालबाट ठूलो सङ्ख्यामा विद्यार्थीहरू पढ्नका लागि पिथौरागढ, अल्मोडा र नैनीताल आउन थाले।
कुमाउमा अध्ययन गरेका हजारौं विद्यार्थीहरूमध्येमा पर्दछन्, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पूर्व राजदूत उद्धवदेव भट्ट। सन् १९७२ को कुमाउ विश्वविद्यालय स्थापना गर्ने आन्दोलनका क्रममा पिथौरागढमा प्रहरीको गोली लागी मृत्यु हुने तीन युवामध्ये दुई जना नेपालबाट थिए।
नेपालले आफूलाई वनजङ्गल, हिमाली भूबनोट, नदी एवं समग्र जैविक विविधताको विनाशबाट जोगाउनुपर्छ। उत्तराखण्डमा औली र बेदिनी क्षति भए जस्तो नेपालले खप्तडको क्षति गर्नु हुँदैन र मुक्तिनाथलाई केदारनाथ जस्तो बन्न दिनु हुँदैन।
यसरी काली-महाकाली क्षेत्र शताब्दीऔंसम्म स्वायत्त एवं स्वतन्त्र रह्यो। सन् १८१६ पछि भौगोलिक र राजनीतिक परिदृश्य परिवर्तन भयो। आज हामी भन्न सक्छौं, यहाँ उनीहरूको संविधान अन्तर्गत प्रजातान्त्रिक तथा धर्मनिरपेक्ष दुई दक्षिणएशियाली राष्ट्रका दुई कुना उभिएका छन्। तर, दुवैतिर उही मानिसहरू बसोबास गरिरहेका छन्। काठमाडौं र दिल्लीका मानिसले विरलै यो वास्तविकताको आभास गर्दछन्।
सन् १८१६ देखि कालीले यो क्षेत्रलाई राजनीतिक रूपमा विभाजित गरिदिएको छ, यद्यपि समुदाय, संस्कृति, साझा सम्पदा एवं आर्थिक अन्तरनिर्भरताले उनीहरूलाई जोड्दछन्। यो सम्बन्ध बलियो भइरहनुपर्छ। यो टुटे दुवै देशका लागि दोहोरो क्षति हुनेछ।
आज नेपाल दक्षिणएशियामा नयाँ प्रजातन्त्र हो। यसले भारतीय प्रजातन्त्रबाट सिक्नु र बिर्सनुपर्छ, जुन अहिले धेरै नै प्रदूषित भएको छ र आफ्नो उद्देश्य एवं संवैधानिक वाचाहरूबाट उम्किरहेको छ। कर्पोरेट वर्चस्व, स्रोतहरूको दोहन, संस्थाहरूको विनाश एवं दुरुपयोग, देशको बहुलता र प्रबुद्ध व्यक्तित्वमाथि आक्रमण, स्वतन्त्र प्रेसको अन्त्य तथा अन्ततः आदिवासी समुदाय, किसान र मजदूरको विरुद्धका गतिविधिले यस आदर्शलाई धक्का दिएको छ। हामीले असंलग्नता एवं सार्कको अवधारणा सँगसँगै डुब्दै गरेको देखेका छौं।
नेपाली जनताले नयाँ पूँजीवादको प्रकृति बुझ्नुपर्छ, जसले दुवै दिशाबाट नेपालतर्फ अतिक्रमण गर्नेछ। सन् १९६० यता नेपालले दक्षिणबाट तीन वटा नाकाबन्दीको सामना गर्न सक्यो, तर यदि उत्तरी शक्तिले नेपालमा हमला गरे विरोध गर्न कठिन हुनेछ।
नेपालको चीनतर्फको झुकाव झन् डरलाग्दो छ। नेपाल र भारतबीच धेरै हिसाबमा सामाजिक, सांस्कृतिक र साझा सम्पदा छन्। नेपाल र भारतका शासकबीच धेरै द्वन्द्व र असमझदारी हुन सक्छन्, तर यस निम्ति संवाद गर्न सकिन्छ। तर, चीनसँग यो सम्भव छैन।
नेपाली जनताले नयाँ पूँजीवादको प्रकृति बुझ्नुपर्छ, जसले दुवै दिशाबाट नेपालतर्फ अतिक्रमण गर्नेछ। सन् १९६० यता नेपालले दक्षिणबाट तीन वटा नाकाबन्दीको सामना गर्न सक्यो, तर यदि उत्तरी शक्तिले नेपालमा हमला गरे विरोध गर्न कठिन हुनेछ।
नेपालले आफूलाई वनजङ्गल, हिमाली भूबनोट, नदी एवं समग्र जैविक विविधताको विनाशबाट जोगाउनुपर्छ। उत्तराखण्डमा औली र बेदिनी क्षति भए जस्तो नेपालले खप्तडको क्षति गर्नु हुँदैन र मुक्तिनाथलाई केदारनाथ जस्तो बन्न दिनु हुँदैन। नेपाल र भारतले पञ्चेश्वर बाँध बनाएमा हुने जैविक-प्राकृतिक एवं सामाजिक-सांस्कृतिक रूपमा धनी क्षेत्र हुँदै बग्ने कञ्चन काली नदीको सर्वनाश रोक्नेतर्फ सोच्नुपर्दछ।
भारत र चीनले के महसूस गर्नुपर्दछ भने, ‘युद्धका सामग्री’ हरूले न त जलवायु परिवर्तनसँग जुझ्न सक्छन् न त नाश भइसकको हिमालयको वनजङ्गल नै पुनः फर्काउन सक्छन्। भारतीय राज्यले नेपालबाट नसिक्ला, तर भारतीयले भने सिक्न सक्छन्।
विशेष गरी नेपालले शताब्दीयौंदेखि विकसित हुँदै आएको आफ्नो सामाजिक, सांस्कृतिक, राजनीतिक विविधतालाई कसरी कायम राखेको छ र विभिन्न व्यवस्थामा यी दुर्लभ सम्पदाका लागि प्रकट गरेको सम्मानबारे सिक्न सकिन्छ। तर, यस्तो सुझाव दिने म को हुँ?
- अनुवाद/सम्पादन : सम्मान हुमागाईँ/शेखर खरेल
(भारतको पहर, नैनीताल निवासी इतिहासकार पाठकले २ कात्तिक २०७७ मा आयोजित जगदम्बा-श्री सम्मान तथा मदन पुरस्कार समर्पण समारोहमा दिएको विद्वत् प्रवचनको सम्पादित अंश।)