दशैंपछि खुलेको शेयर बजारमा जम्मा डेढ अर्बको कारोबार
पाँच दिनको दशैं बिदापछि आइतबार खुलेको शेयर बजारमा जम्मा रु.१ अर्ब ४९ करोड ७३ लाखको कारोबार भएको छ।
किनबेच गर्ने लगानीकर्ताहरू सीमित भएका कारण बजारमा ठूलो कारोबार हुन नसकेको हो। कारोबार रकम घटे पनि आइतबार शेयर बजार परिसूचक नेप्से १७.५९ अंकले बढेर २ हजार ६५६.९६ बिन्दुमा पुगेको छ।
आइतबार म्युचुअल फण्ड बाहेक सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ३.५१ प्रतिशतले बढेको छ।
आइतबार सबैभन्दा धेरै चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.९७ प्रतिशत कमाए। हिमालयन ऊर्जा विकास कम्पनी, घलेम्दी हाइड्रो, कामना सेवा विकास र प्रुडेन्सियल इन्स्योरेन्स लगायतका कम्पनीको पनि शेयर मूल्य बढेको छ। तर, शेयर मूल्य घटेको छ।