खम्ये जात्राका दश तस्वीर
महानवमीका दिन भक्तपुरमा मनाइने खम्ये (राँगो) जात्रा बुधबार धूमधामसँग मनाइएको छ।
खम्येलाई नवदुर्गा मन्दिरबाट दौडाएर ब्रह्मायणी लगी बलि दिने गरिन्छ। आज नवदुर्गा मन्दिरको ढोकाबाट अबिरले सिंगारेर खम्येलाई ब्रह्मपास (विशेष डोरी)ले बाँधेर बाहिर निकालिएको थियो।
त्यसपछि दत्तात्रय, सूर्यमढी, च्यामासिंह हुँदै खम्येलाई ब्रह्मायणी पुर्याइएको थियो। यस अघि खम्ये जात्रा हेर्न बाटोभरि स्थानीय बासिन्दाको भीड लागेको थियो।
ब्रह्मायणी नदीमा पुगेपछि खम्येलाई स्नान गराएर विशेष पूजा गरिन्छ। मध्यरातमा बलि दिने प्रचलन रहेको छ। खम्येको मासुको टुक्रा भने स्थानीय बासिन्दालाई प्रसादका रूपमा वितरण गरिन्छ।