भक्तपुरमा राँगो र बोकाको बलि (तस्वीरहरू)
नवरात्रको नवौं दिन आज भक्तपुरमा राँगो र बोकाको बलि दिएर महानवमी मनाइएको छ।
नेपाली सेनाले महानवमीको अवसरमा राँगो र बोकाको बलि दिएको हो। आज दशैंघर र कोत लगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोको, हाँस, कुखुरा र राँगाको बलि दिएर दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।
पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिने गर्छन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ।