शोकमग्न मुगु, ज्यान गुमाउने अधिकांश ३० वर्ष मुनिका
दशैंमा घर फर्किएका ३२ जनाको बस दुर्घटनामा ज्यान गएपछि मुगु शोकमा डुबेको छ। उनीहरूका आफन्तजन शव बुझ्न गाउँबाट हिंडेर सदरमुकाम पुगेका छन्।
२६ असोज दिउँसो नेपालगञ्जबाट मुगु आउँदै गरेको भे.१ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ पिना गाउँको तपने खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन्।
दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये अधिकांश ३० वर्ष मुनिका छन्। केही बालबालिकाको पनि ज्यान गएको छ। धेरैजसो विद्यार्थी छन्।
दुर्घटनामा ज्यान गएकामध्ये २९ जना एउटै क्षेत्रका छन्। उनीहरू छायानाथ रारा नगरपालिकाको आसपासकै वडाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ।
मृतकका शव सदरमुकाम गमगढीस्थित जिल्ला अस्पतालमा राखिएका छन्। घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ।
मृतक तथा घाइतेका आफन्त बुधबार बिहानैदेखि गाउँबाट सदरमुकामस्थित जिल्ला अस्पताल पुगेका छन्। उनीहरू मृतककाे शव बुझ्न जिल्ला अस्पताल पुगेका हुन्।
मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टराईले जानकारी दिए। शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने उनले बताए।
दुर्घटनामा ज्यान गुमाउनेहरू :
छायानाथ रारा नगरपालिका
१) लग्न सेजुवाल (१९), वडा नं. ७
२) लग्नका २ वर्षीय छोरा।
३) मनदेवी बम (२०), वडा नं. ७
४) पूजा बुढा (१८), वडा नं. १०
५) प्यारी विक (३३), वडा नं. ८
६) सन्तोष वितालु (२२), वडा नं. ८
७) छाता साउद (२२), वडा नंं. १२
८) दानबहादुर रावल (३५), वडा नंं ८ (चालक)
९) सरिता खड्का (२०), वडा नं. १०
१०) कर्णसिंह बुढा (२२), वडा नं. १४
११) चन्द्रादेवी मल्ल (२३), वडा नं. १
१२) राममाया भाम (१९), वडा नं. ६
१३) अम्मर साउँद (१८), वडा नं. १०
१४) प्रकाश बुढा (२२), वडा नं. ११
१५) अजय कार्की (२९), वडा नं. ५
१६) कमला बिसी (३२), वडा नं. ५
१७) सुनबहादुर विक (२२), वडा नं. १०
१८) शिव बुढा (१९), वडा नंं. १४
१९) अमृता शाही (२१), वडा नं. ७
२०) अमृताका ५ वर्षीय छोरा
२१) रूपसिंह कार्की (२०), वडा नंं. १४
२२) महेन्द्र शाही (२२), वडा नं. ७
२३) चन्द्रप्रकाश भाम (१८), वडा नं. १
२४) विक्रम शाह (१२), वडा नं. ७
२५) टोपबहादुर विष्ट (२८), वडा नं. ८
२६) भगवती चन्द (३३), वडा नं. ८
२७) सष्तिमा बम (१६), वडा नं. ७
२८) वसन्त भण्डारी (१८), वडा नंं १४
२९) नवीन बुढा (१८), वडा नंं. ८
सोरु गाउँपालिका
३०) मनरूप कुमाल (२५), वडा नं. ३
३१) आइतसिंह धामी (२३), वडा नंं. ८
बाँकेको राझाका
३२) प्रदीप स्वर्णकार (२२) ।