बाह्रखरीको मेरो पाठशाला
धरानको सबैभन्दा पुरानो पब्लिक हाई स्कूलमा केटा मात्रै पढ्थे भने शारदा बालिका विद्यालयमा केटी। तर, हाम्रो स्कूलमा भने शुरूदेखि नै केटाकेटी दुवै पढ्थे। धरानमा यस्तो सह-शिक्षाको थालनी गर्नेमा अग्रणी थियो, हाम्रो श्री भगवती मिडिल स्कूल।
यसो त मैले धरान पब्लिक हाई स्कूलबाट एसएलसी परीक्षा दिएको हुँ, त्यहाँ नौ र दश कक्षा पढेपछि। तर, मेरो शुरूको स्कूल भने श्री भगवती मिडिल स्कूल थियो जो संवत् २०१० मा स्थापित भएर अहिलेको लक्ष्मी चोक नजिक दीनानाथ बास्तोलाको घरको भुइँतलामा सञ्चालित थियो। काठ र टीनको एउटा ससानो घर बनाएर त्यही लक्ष्मी चोकमा बस्न पुगेका थियौं हामी पनि। स्कूल खुलेको दोस्रो वर्षमा हुनुपर्छ, म मिडिल स्कूलमा भर्ना भएको।
शायद आमाले पुर्याउनुभयो जस्तो लाग्छ स्कूलमा भर्ना गर्नलाई, अरू मेरा दामलका केटाकेटीहरूका साथमा। बा त यस्तो अवसरमा कहिल्यै उपस्थित भएको याद छैन, एक त पेशाले र अर्को उहाँले समातेको राजनीतिको कारणले।
एउटी निरक्षर र अनपढ नारीलाई आफ्नो छोरालाई स्कूलमा भर्ना गराउन के कुराले अभिप्रेरित गर्यो होला, त्यो म भन्न सक्तिनँ। तर, म भर्ना भएँ एक कक्षामा। जस्तो स्कूल त्यस्तै विद्यार्थी वा भनौं, जस्तो विद्यार्थी त्यस्तै स्कूल।
खाली गोडा, आधा बाहुलाको कमीज र कट्टु, न कपालमा तेल, फोहोर धसिङ्गरे यस्तै त थियौं, प्रायः पहिलो कक्षामा भर्ना भएका हामी विद्यार्थीहरू। मैले आधा बाहुलाको कमीज र प्यान्टको सट्टा कट्टु लगाउने कारण धरानको गर्मी मौसम थिएन। जाडो मौसममा पनि लामो बाहुलाको कमीज र प्यान्ट नसीब हुँदैनथ्यो, र त्यसको कारण हाम्रो परिवारको चरम दारिद्र्य थियो।
राम्रो चिल्लो स्लेटको लेख्ने पाटी र लेख्नलाई चक पनि किन्ने हैसियत हामी धेरै विद्यार्थीको थिएन। हाम्रा लागि असली स्लेटको जस्तै देखिने तर टीनको पातोलाई चारैतिर काठको फ्रेम लगाएर बनाइएको कालो पाटी थियो र लेख्न खरिढुङ्गाको पेन्सिल।
राम्रो चिल्लो स्लेटको लेख्ने पाटी र लेख्नलाई चक पनि किन्ने हैसियत हामी धेरै विद्यार्थीको थिएन। हाम्रा लागि असली स्लेटको जस्तै देखिने तर टीनको पातोलाई चारैतिर काठको फ्रेम लगाएर बनाइएको कालो पाटी थियो र लेख्न खरिढुङ्गाको पेन्सिल। बाह्रखरी छिचोलेर लेख्न जान्ने भएपछि मसीले धर्के कापीमा लेख्न सिक्यौं। मसीको झोल होइन, चक्की पाइन्थ्यो। त्यसलाई ढुङ्गामा पिंधेर धूलो बनाएपछि पानी मिसाएर सानो बट्टामा मसी बनाउँथ्यौं, प्रायः कालो रङको। लेख्नलाई खिरिलो बाँसको टुँडो बनाउँथ्यौं, अक्षर राम्रो बनाउनलाई टुप्पोमा एकातिर छड्के पारेर काटिएको।
बसेर पढ्नलाई काठको बेन्च र भिरालो सतहका डेस्क थिए क्लासमा। भुइँ धुलौटे थियो। एउटा घरको भुइँतलाको एरिया कत्रो पो हुन्छ र ! बीच बीचमा काठका थाम थिए, बाँकी सबै पूरै खुला। डेस्क र बेन्चले क्लास छुट्याइएको थियो। विद्यार्थीहरू थोरै थिए। स्कूलको शुरूआती समय थियो र नयाँ विद्यार्थीलाई स्कूलसम्म तानेर ल्याउनु शिक्षकहरूका लागि ठूलो चुनौती थियो शायद। तन्नम आमाबाबुले के गरी छोराछोरीलाई स्कूल पठाउने? पठाए पनि फिस कहाँबाट तिर्ने?
स्कूल अघिल्तिरै कच्ची सडक थियो, तर गाडीको चल्ती उस्तो थिएन। कहिलेकाहीं एक-दुई लरी फुस्रे आउजाउ गर्थे। हाम्रा लागि स्कूलको प्राङ्गण सरह थियो त्यो कच्ची सडक। जाडो याममा प्रायः हाम्रो पूरै दिन त्यही कच्ची सडक पारिको चउरमा बित्थ्यो। पारिलो घाममा हामीलाई पढाउने मास्टर कुर्सीमा बस्थे र हामी विद्यार्थी चउरमा।
पढाउने शिक्षकहरूलाई मानिस ‘मास्टर’ भन्थे र हामीलाई चाहिं ‘सर’ भन्न सिकाइएको थियो। हामी सबैलाई सर भन्थ्यौं, एक जना टीकाप्रसाद भण्डारीलाई बाहेक। नेपाली वर्णमाला चिनाउनेदेखि पछि गएर संस्कृतसम्म उहाँले पढाउनुभयो। पहिलो दिनदेखि हामीले उहाँलाई ‘गुरु’ भन्यौं र त्यो सम्बोधन कहिल्यै बदलिएन।
मानिसहरू उहाँलाई टीका गुरु वा पण्डितजी भन्थे। हातमा छडी हल्लाएर हिंड्नु त सबै मास्टरहरूको चिनारी नै थियो। मानौं, उनीहरू गोठाला थिए र हामी विद्यार्थी भेंडाबाख्राका जेर। टीका गुरुको हातमा पनि छडी हुन्थ्यो, तर उहाँ त्यसलाई सितिमिति नचलाउने र निर्मम तरीकाले त कहिल्यै नचलाउने। ठूलो स्वरमा हकारेरै ठीक पार्ने। त्यसैले टीका गुरु मेरा लागि सदैव मायालु रहनुभयो।
टीका गुरुको हातमा पनि छडी हुन्थ्यो, तर उहाँ त्यसलाई सितिमिति नचलाउने र निर्मम तरीकाले त कहिल्यै नचलाउने। ठूलो स्वरमा हकारेरै ठीक पार्ने। त्यसैले टीका गुरु मेरा लागि सदैव मायालु रहनुभयो।
मास्टरहरूमा गोपालप्रसाद श्रेष्ठ थिए, छडी चलाउनमा विशेष रुचि भएका। उनी पहाडा घोकाउँथे र एक पङ्क्तिमा सबै विद्यार्थीलाई उभ्याएर पालैपालो कण्ठाग्र सुनाउन लगाउँथे। १०-११ सम्मको पहाडा त जसोतसो पार लगाइन्थ्यो। १२ भन्दा माथि उक्लेपछि सकस पर्थ्याे र हरेक गल्ती उपर हत्केलामा छडीको एक स्वाँठ भेटिन्थ्यो, त्यो पनि कसिलो। छडी प्रायः बाँसको खिरिलो सिर्कना हुन्थ्यो। बर्खामास भए ताप्रेको छिप्पिएको बोट हामीलाई नै उखेल्न लगाएर त्यसलाई छडी बनाइन्थ्यो। छडीको मार हत्केलामा मात्र होइन, समय हेरी कहिलेकाहीं पिंडौला, तिघ्रा, चाक र ढाडमा पनि पर्थ्यो।
त्यस बाहेक सजायका अरू तरीका पनि अपनाउँथे मास्टरहरू। सबभन्दा सरल र शारीरिक पीडा नहुने सजाय बेन्चमाथि खडा गरिनु थियो। पाठ नबुझाएमा वा कुनै सामान्य गल्ती भएमा त्यसरी खडा हुनुपर्थ्यो। त्यसरी खडा भएको अरू क्लासका विद्यार्थीले पनि सजिलै देख्थे। शारीरिकभन्दा पनि अपमान र लज्जाबोध गराउने मानसिक सजाय थियो त्यो।
अर्को सजाय थियो, भुइँमा दुइटै घुँडा टेकाउने । सजाय पाउनेले पिरियडभरि त्यसरी नै घुँडा टेकेर बस्नुपर्थ्यो। यसलाई ‘नील डाउन’ गर्नु भन्थे। शारीरिक र मानसिक दुवै चोट मिल्थ्यो, नील डाउनको सजायबाट। अरूले नील डाउन गरेको देख्ने भइहाले, त्यस बाहेक धेरै बेर त्यसरी बसिरहँदा घुँडा पनि दुख्थे। दण्ड दिने अर्को तरीका थियो, कान समातेर उठबस गराउनु।
अर्को सजाय थियो, नितान्त व्यक्तिगत स्तरको वा ‘वान टु वान’ टाइपको। ‘के अरे, भन् त’ भन्दै धार भएको पेन्सिललाई दुई औंलाबीच च्यापेर बिस्तारै घुमाउने। परकालाई थाहा नहुने र क्लासका सहपाठीले मात्र देख्ने यस्तो सजायमा रेखनाथ बाँस्तोला सरको विशेष रुचि थियो।
दण्डित गर्ने अर्को तरीका थियो, कन्सिरीको रौं तान्ने। एक पटक विश्वनाथ बाँस्तोलाले मेरो कन्सिरीको रौं उखेलिने गरी ताने झट्कासाथ। रौं उखेलिएको खाली ठाउँ पुरिन निकै दिन लाग्यो।
दण्डित गर्ने अर्को तरीका थियो, कन्सिरीको रौं तान्ने। एक पटक विश्वनाथ बाँस्तोलाले मेरो कन्सिरीको रौं उखेलिने गरी ताने झट्कासाथ। रौं उखेलिएको खाली ठाउँ पुरिन निकै दिन लाग्यो। विश्वनाथ बाहिर कतै पढ्दै थिए, शायद बनारसमा र बिदामा आएका वेला भोलेन्टियरका रूपमा पढाउँथे क्यार! रामनाथ बाँस्तोलाले पनि पढाए हामीलाई। आखिर स्कूल बाँस्तोला परिवारको सदाशयतामै चलेको थियो र तलब लिई वा नलिई उनीहरूले पढाउनु स्वाभाविक थियो।
जोड सिकाउनेमा नभई घोकाउनेमा थियो र त्यसका लागि डर, त्रास, आतङ्क र शारीरिक सजायको सहारा लिन्थे मास्टरहरू। ‘सी ए टी क्याट’, ‘आर ए टी र्याट’ भनेरै अङ्ग्रेजी रटाइन्थ्यो र हामी झ्याउँझ्याउँ त्यही सुगारटाइ गर्थ्यौं वा दुई एकान दुई घोक्थ्यौं स्वर धोद्रे हुने गरी। गधा, उल्लू, बेकुफ गाली दिनु सामान्य थियो सरहरूका लागि। सरहरूबाट तिमीको सम्बोधन पाउनु त ठूलो मानको कुरा थियो। हामी सबै विद्यार्थीलाई तँ भनेर बोलाउँथे सरहरू।
जेठा बाँस्तोलाको घरमा स्कूल रहँदा हेडमास्टर वा हेडसर शायद विश्वम्भर झा थिए कि, मलाई हेक्का रहेन। उनी गणित पढाउँथे र जेठा बाँस्तोलाकै घरमा बस्थे, खान्थे र परिवारका केटाकेटीलाई ट्यूसन पढाउँथे। त्यस अर्थमा उनी बास्तोला परिवारका ‘आवासीय शिक्षक’ पनि थिए। गोडामा छालाको चप्पल, कम्मरमा धोती र दुईतिर खल्ती भएको हाफ बाहुलाको लामो कमीज- उनको पहिरन यही थियो बाह्रैमास।
रौं नै रौं भएका हातको बायाँ नाडीमा भित्रपट्टि फर्काएर घडी बाँध्थे र त्यसलाई उनी वेलावेला हेरिरहन्थे। मुखमा पान अटुट हुन्थ्यो। अहिले पनि याद छ, एक कक्षाको जाँचमा मैले ठूलो आलु ल्याएको। विश्वम्भर सरको जुन भयानक छवि मेरो मनमा बस्यो त्यो कहिल्यै मेटिन सकेन। गणित पिरियड नआओस् जस्तो लाग्थ्यो।
विश्वम्भर सरको उपस्थितिले आतङ्क पैदा गर्थ्याे ममा। उनको त्यही प्रतापले म गणितमा सदा कमजोर भएँ। मेरो खप्परभित्रको बायाँपट्टिको भाग बढी सक्रिय रहेको हुँदो हो। त्यसले पनि गणित प्रतिको मेरो विकर्षणलाई बढाएको थियो शायद।
म तीन क्लासमा भएको वेला स्कूलको भवन बनाउने काम शुरू भयो, फुस्रे जाने सडकको पश्चिम र खहरे खोलाको उत्तरपट्टिको बस्तीविहीन ठाउँमा। ठूलो जङ्गल त होइन, तर पूरै झाडीले ढाकेको थियो त्यो ठाउँ। ससाना पोथ्रापोथ्री, असारे काँढाका घारी, खिर्राका रूखहरू भएका त्यो ठाउँ हामीभन्दा जेठा केटाहरूको बट्टाई र खरायो शिकार गर्ने थलो थियो। सालका केही अग्ला रूख पनि थिए, दक्षिण किनारतर्फ।
स्याबासी पाउने लोभमा जोसका साथ काम गरिरहेको वेला एउटा चोकेले मेरो कमीज छातिमुनि वारपार च्यातिदियो। नयाँ कमीज थियो त्यो मेरो, त्यसै दिन पहिलो चोटि लगाएको। आमाको झापु खाने डर र नयाँ कमीज च्यातिएको बिस्मात् बोकेर म घर फर्कें साँझतिर।
त्यहाँको झाडी फाँडेर सफा गर्ने अभियानमा हामी विद्यार्थीहरूलाई लगियो। टोलका पाका मानिस पनि आएका थिए, झाडी काट्ने र फाँड्ने त्यस अभियानमा। उनीहरूको काम झाडी फाँड्ने थियो र काटेका झ्यासझुसलाई तानेर एक ठाउँमा जम्मा गर्ने काम चाहिं हामी सानाको। स्याबासी पाउने लोभमा जोसका साथ काम गरिरहेको वेला एउटा चोकेले मेरो कमीज छातिमुनि वारपार च्यातिदियो। नयाँ कमीज थियो त्यो मेरो, त्यसै दिन पहिलो चोटि लगाएको। आमाको झापु खाने डर र नयाँ कमीज च्यातिएको बिस्मात् बोकेर म घर फर्कें साँझतिर।
केही दिनको फँडानीपछि फाँटिलो देखियो स्कूल भवन बनाउने जमीन, जसको पश्चिम-उत्तरतर्फको भागमा जग खनिएपछि शुरू भयो निर्माण कार्य। नगद चन्दादान दिएर सघाउनेहरू पनि अवश्यै थिए होलान्, त्यो त हामी फुच्चेलाई थाहा हुने कुरा भएन। गाउँटोलमा सिकर्मी-डकर्मी भनेर चिनिएकाहरूले त्यहाँ काम गरेका हुनाले तिनले चाहिं ज्याला नलिई ‘श्रमदान’ गरेका थिए कि भन्ने लाग्छ। हामी त्यहाँ गएका वेला इँटा दिएर सघाउँथ्यौं मिस्त्रीहरूलाई।
माटो र इँटाको गारोबाट एकतले भवन ठडिएपछि त्यसमा जस्तापाताको छाना हालियो। किन हो कुन्नि, जस्तापातालाई सबैले च्यादर भन्ने गर्थे उसवेला। भवन अङ्ग्रेजी वर्ण ‘एल’ आकारको थियो, उत्तर-दक्षिण तन्किएको र पूर्वपट्टि फर्किएको। लामो भाग पूरै ह्वाङह्वाङ्ती थियो एक कुनादेखि अर्को कुनासम्म, एउटा कक्षालाई अर्को कक्षासित छुट्याउने भित्ता विनाको।
सात वटा कक्षाका लागि भनेर राखिएका सातै वटा ढोकालाई लामो बरन्डाले जोड्थ्यो। तर, ढोका थिए विना खापाका र झ्यालहरू विना पल्लाका। गोलो फलामे डन्डी तेर्सो गरी हालिएका थिए झ्यालहरूमा। छेउको छोटो भागपट्टि हेडमास्टरको अफिस थियो, त्यही कोठाका झ्यालहरूमा मात्रै पल्ला थिए र ढोकामा खापा। भन्नु मात्रै हेडमास्टरको कोठा, सबै मास्टर त्यहीं बस्थे, छुट्टै कोठा थिएन उनीहरूको। ‘प्रिन्सिपल’ उसवेला कलेजका प्रमुख अध्यापकलाई मात्रै भनिन्थ्यो र स्कूलका प्रमुख शिक्षकलाई हेडमास्टर। बोलाउँदा चाहिं ‘हेडसर’ भन्थे सबैले।
गर्मीमा जस्तापाता रन्किएर बसी नसक्नुहुन्थ्यो। दर्के पानी पर्दा टीन बजेर केही सुन्न सकिन्नथ्यो। त्यसैले अत्यधिक गर्मी वा जाडो हुँदा वा दर्के पानी पर्दा स्कूल स्वतः छुट्टी हुन्थ्यो। हामी रमाएर ‘छुट्टी, मकै भुट्टी’ भन्दै खुशीले दौडन्थ्यौं घरतर्फ।
म चार क्लासमा हुँदा हाम्रो स्कूल त्यही अधकल्चो तर आफ्नै नवनिर्मित भवनमा सर्यो दीनानाथ बास्तोलाको घरबाट। ढोका नहुनाले पढाइ नचलेका वेला गाईबस्तु, बाख्रा, कुकुर ओत खोज्न आइराखेका हुन्थे र गोब्य्राएर जान्थे। झ्याल नहुनाले जाडो याममा सिरेटो र हुरीबतासको मारमा परिन्थ्यो। गर्मीमा जस्तापाता रन्किएर बसी नसक्नुहुन्थ्यो। दर्के पानी पर्दा टीन बजेर केही सुन्न सकिन्नथ्यो। त्यसैले अत्यधिक गर्मी वा जाडो हुँदा वा दर्के पानी पर्दा स्कूल स्वतः छुट्टी हुन्थ्यो। हामी रमाएर ‘छुट्टी, मकै भुट्टी’ भन्दै खुशीले दौडन्थ्यौं घरतर्फ।
बिहान १० बजे घण्टी लाग्दा हामी सबै स्कूल पुगिसकेका हुन्थ्यौं, ढिलो गरे छडी खाइने डरले। दिनमा सात पिरियड पढाइ हुन्थ्यो- चार पिरियड ‘टिफिन’ अगाडि र तीन पिरियड ‘टिफिन’ पछाडि। ‘टिफिन’ अर्थात् खाजा खाने छुट्टी। गणित, अङ्ग्रेजी, नेपाली, हिन्दीको पढाइ हुन्थ्यो, ‘टिफिन’ अगाडिको पहिलो भागमा। ‘टिफिन’ पछाडिको दोस्रो भागमा इतिहास, भूगोल, संस्कृत पढ्न पर्थ्याे। हप्तामा एक-दुई चोटि चित्रकला सिकाइन्थ्यो र कहिलेकाहीं ‘ड्रिल’ हुन्थ्यो अर्थात् शारीरिक व्यायाम गराइन्थ्यो।
‘टिफिन’ को घण्टी लाग्नु अगावै एउटा घुघुनीवाला आउँथ्यो, टाउकामा घुघुनीको गोलो डेक्ची बोकेर। बाँसको टोकरीमा राखेको त्यो गोलो डेक्चीलाई कपडाले बेरेको हुन्थ्यो, घुघुनी तातै रहोस् भनेर। मटर दानालाई ढड्याएर पकाएको झोल सहितको घुघुनी औधी प्रिय थियो, हामी विद्यार्थीमाझ। सानो प्लेटमा कागती निचोरेर दिन्थ्यो घुघुनीवालाले। एक प्लेट घुघुनी खान पाउँदा राज्यै पाए जस्तो लाग्थ्यो। सवाल आना, दुई आनाको भए पनि त्यो सधैं मिल्दैनथ्यो। खाजाका लागि त्यति पैसा दिनहुँ उपलब्ध गराउनु मेरी निरीह आमाको वशको कुरा थिएन। त्यस्तो वेला आफैं निचोरिएको कागती जस्तो भएर बस्नुपर्थ्यो।
ढोका र झ्याल त हाल्न नसकेको स्कूलमा शौचालय हुने कुरै भएन। स्कूल नजिकैको झ्याङ र पोथ्रापोथ्री थिए त्यसको विकल्पमा। डेढ-दुई वर्षमा खानेपानीको धारा आयो र त्यसलाई स्कूल प्राङ्गणमा एउटा काठको मुड्कामा जोडेर ठड्याइयो। प्रायः सबै घरपरिवार सार्वजनिक धारामै भर पर्थे त्यस जमानामा। हाम्रो धारा गाउँलेको साझा सार्वजनिक धारा हुन गयो। त्यहाँ गाग्रीका ताँती लाग्थ्यो र हामी विद्यार्थीले पानी खान पालो कुर्नुपर्थ्यो कहिलेकाहीं।
‘टिफिन’ को घण्टी लाग्नु अगावै एउटा घुघुनीवाला आउँथ्यो, टाउकामा घुघुनीको गोलो डेक्ची बोकेर। मटर दानालाई ढड्याएर पकाएको झोल सहितको घुघुनी औधी प्रिय थियो, हामी विद्यार्थीमाझ। सानो प्लेटमा कागती निचोरेर दिन्थ्यो। एक प्लेट घुघुनी खान पाउँदा राज्यै पाए जस्तो लाग्थ्यो।
धेरै कुराको अभाव हुँदाहुँदै पनि स्कूल भवनको सामुन्ने फूटबल खेल्ने मैदान भएबाट भने हामी औधी खुशी थियौं। त्यो मैदान उत्तरबाट दक्षिणतर्फ केही भिरालो हुँदै पस्रिएको थियो। फूटबललाई लात्तीले नहाने पनि आफैं तलतिर गुड्थ्यो भने तल्लोपट्टि पर्ने टीमले अतिरिक्त तागत लगाएर फूटबल हिर्काउनुपथ्र्यो। तैपनि, हामी त्यसैमा रमाएर फूटबल खेल्थ्यौं, खाली गोडा। अरू खेल खेल्न पनि हामी त्यसै मैदानमा पुगिराखेका हुन्थ्यौं, जस्तो कबड्डी वा डन्डिबियो।
मैदानको उत्तरी छोरमा हुर्किसकेका आँपका तीन-चारवटा रूख खडा थिए। हाम्रो क्रीडाकर्मका प्राकृतिक साधन थिए ती रूख। तिनमा चढ्थ्यौं, सैसला खेल्थ्यौं, फाल हाल्थ्यौं, डोरी फेला परे पिङ बनाएर झुल्थ्यौं। ठूला रोटे कमिला बढी लाग्थे आँपका ती रूखमा, त्यो बेग्लै कुरा हो। फलेका आँपलाई पाकिरहने मौका नदिई काँचैमा सिध्याउने काम पनि गर्थ्यौं हामी।
म ६ कक्षामा पुग्दा हिन्दी विषय हाम्रो पाठ्यक्रमबाट हट्यो। नत्र हामीले ‘बापु बकरी का दूध पीते थे। बकरी का नाम निर्मला था’ जस्ता पाठ पढ्नुपर्थ्यो। थाहै नपाई हामीले चार वटा भाषा पढिरहेका थियौं- नेपाली, अङ्ग्रेजी, संस्कृत र हिन्दी। बिहानको घण्टी लाग्ने बित्तिकै बरन्डामा खडा भएर प्रार्थना गर्ने चलनको शुरूआत पनि त्यही वर्ष भयो। धरान पब्लिक हाई स्कूलको देखासिकी गरेर शायद। त्यहाँको प्रार्थना यसरी शुरू हुन्थ्योः ‘जय जय वीणापाणी, तिम्रो वन्दना गर्दछौं हामी।’
त्यो प्रार्थना त्यहीं एकताका पढाउने बुद्धिमान श्रेष्ठले रचेको भन्थे। हामीकहाँ भने ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली। जय जय जय हे नेपाल, सुन्दर शान्त विशाल’ भन्ने माधव घिमिरे विरचित गीतलाई प्रार्थना बनाइयो। रेडियोबाट पनि त्यो गीत बज्ने हुनाले हामीलाई त्यसको लय र धुन टिप्न गाह्रो भएन।
स्कूलमा अभिभावक दिवस वा वार्षिकोत्सव मनाइएको मलाई सम्झ्ना छैन। वास्तवमा कुनै पनि दिवस मनाउने चलन थिएन। स्कूलमा मनाइने सबभन्दा ठूलो उत्सव भनेको सरस्वती पूजा थियो। एक प्रकारको उत्साह, उमङ्ग र अपेक्षाभाव सञ्चारित हुन्थ्यो हामी विद्यार्थीका मनमा, पूजाको दिन नजिकिंदै जाँदा।
दुई दिन अगाडिबाटै सनपाटको डोरीमा मैदाको गुँदले रङ्गीचङ्गी त्रिभुजाकार पताका टाँस्थ्यौं, सरहरूको निगरानीमा। पताकालाई स्कूलको बरन्डा र छानामा बाँधेर सजाउने काम गथ्र्याैं। केराका थाम र पूजाका अन्य सामग्री ओसार्न सघाउँथ्यौं। पहिले पहिले सिसाको फ्रेममा जडिएको सरस्वतीको तस्वीरलाई थानमा राखेर पूजा गरिन्थ्यो। पछि पछि भने माटाको साना प्रतिमा ल्याउन थालियो।
पूजाको दिन हेर्नलायक हुन्थ्यो, टीका गुरुको फूर्ति र जोश। अरू वेला कमीज सुरुवाल लगाउने टीका गुरु त्यस दिन धोती फेरेर आउनुहुन्थ्यो। थान बनाउने, पूजा गर्ने, शङ्ख फुक्ने, आरती उतार्ने, विद्यार्थीहरूलाई टीका लगाइदिने, नैवेद्य र प्रसाद बाँड्नेदेखि भोलिपल्ट विसर्जन गर्ने आदि यावत् अनुष्ठानको जिम्मा टीका गुरुको थियो। छ्वास्स अपुङ्गो, एक मुठी हलुवा, उति नै बुनियाँ र बतासाका केही पब्लेटो प्रसाद खान पाउँदा नै हामी विद्यार्थी दङ्गदास।
सरस्वती पूजा महिनैपिच्छे आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। उत्सवले गर्दा तीन-चार दिन पढ्न र पाठ बुझाउन पनि नपर्ने।
सरस्वती पूजा महिनैपिच्छे आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। उत्सवले गर्दा तीन-चार दिन पढ्न र पाठ बुझाउन पनि नपर्ने। पूजाको भोलि पल्ट सरस्वतीको तस्वीर वा प्रतिमालाई पूजामा उपयोग गरिएका अन्य सामग्री सहित पित्तलको गोलो घन्टी ट्याङट्याङ बजाउँदै सर्द‘ खोलामा सेलाउन लैजान्थ्यौं, टीका गुरुकै नेतृत्वमा।
धरानको सबैभन्दा पुरानो पब्लिक हाई स्कूलमा केटाहरू मात्रै पढ्थे भने शारदा बालिका विद्यालयमा केटीहरू मात्र। तर, हाम्रो स्कूलमा भने शुरूदेखि नै केटाकेटी दुवै पढ्थे। मेरो अनुमानमा धरानमा यस्तो सह-शिक्षाको थालनी गर्नेमा अग्रणी थियो, हाम्रो श्री भगवती मिडिल स्कूल। निकै प्रगतिशील र अग्रगामी विचारका मान्नुपर्छ, दीनानाथ बास्तोला, तिलकप्रसाद श्रेष्ठ, हवल्दार कुलबहादुर पुलामी प्रभृति स्कूलका संस्थापकहरूलाई।
विजयपुरका सूर्यप्रसाद उपाध्याय हेडमास्टर हुनुहुन्थ्यो हाम्रा। प्रभावशाली व्यक्तित्वका धनी सूर्य सरलाई सबैले मान्थे। विद्यार्थी उपर हात नछाड्ने, कठोर वचन पनि नलाउने। उहाँको तीखो नजर नै विद्यार्थीलाई अदबमा राख्न काफी थियो। पछि उहाँ धरान नगर पञ्चायतको प्रधानपञ्च चुनिनुभयो दुई-दुई पटक, अञ्चलाधीश नियुक्त हुनुभयो र राष्ट्रिय पञ्चायतको सदस्य पनि चुनिनुभयो, पञ्चायत कालमा। उहाँ केही महीना अघि मात्र बित्नुभयो, ८६ वर्षको उमेरमा।
हाम्रो घरभन्दा केही तल पुरानोबजारको मुखनेर बस्ने भगवान श्रेष्ठले पनि हामीलाई पढाए केही समय। चुरोट खानु हुन्न भनेर अर्ती दिने भगवान सर आफू भने अम्मली थिए चुरोटका। हामी चार-पाँच कक्षाका फुच्चेहरू उनका कुरा काट्थ्यौं, ‘आफू चाहिं खाने, अरूलाई नखा भन्ने’ भनेर। हाम्रो ‘क्रिटिकल थिङ्किङ’ थियो क्यारे त्यो अभिव्यक्ति। पातलो जीउडालका द्रोणप्रसाद आचार्यलाई हामी केही कडा मिजासका शिक्षक मान्थ्यौं।
गीत गाउने, कविता लेख्ने, खेलकुद, वक्तृत्व, चित्रकला प्रतियोगिता जस्ता आजभोलि ‘अतिरिक्त क्रियाकलाप’ भनिने सारा गतिविधि रमापति सरकै पहलमा थालिएका थिए। इनाममा राम्रोसित प्याक गरिएको पेन्सिल, इरेजर, कापी र मोर्टन चकलेट पाउँथ्यौं।
उसैवेला प्राइभेट ट्यूसन चलाउनेमा पर्थे उनी। पछि थपिए रमापति पराजुली- सबैभन्दा भिन्न प्रकृतिका। जवान, मृदुभाषी, गाली कसैलाई नगर्ने। नयाँ-नौला काम गर्न सिकाइरहने। गीत गाउने, कविता लेख्ने, खेलकुद, वक्तृत्व, चित्रकला प्रतियोगिता जस्ता आजभोलि ‘अतिरिक्त क्रियाकलाप’ भनिने सारा गतिविधि रमापति सरकै पहलमा थालिएका थिए। इनाममा राम्रोसित प्याक गरिएको पेन्सिल, इरेजर, कापी र मोर्टन चकलेट पाउँथ्यौं।
त्यस बाहेक गर्मीको बिदामा दिउँसो आफ्नो घरमा हामीलाई निःशुल्क पढाई पनि दिने। नयाँ नयाँ कथा-कहानी सुनाउने। रमापति सर लगायत अरूको सक्रियतामा खुलेको हो- लक्ष्मी वाचनालय, संवत् २०१६ मा महाकवि देवकोटाको स्मृतिमा, जसका कारण हाम्रो टोलले नाम पायो लक्ष्मी चोक। हामीलाई पढाउनेमा शिक्षिका चाहिं थिएनन् त्यस वेला।
कालान्तरमा म आफैं आफू पढेको स्कूलमा पढाउन पुगें। त्यसको किस्सा बेग्लै छ, कुनै दिन कहुँला।
हाम्रै पालामा सातबाट अर्को एक कक्षा थपेर आठ बनाइएको थियो। यसका संस्थापकहरूको उम्मेद पक्कै पनि मिडिलबाट हाई स्कूल बनाउने थियो होला। भौतिक पूर्वाधार पनि नभएको होइन। तहबिलदार चन्द्रप्रसाद आचार्यले उदारतापूर्वक दान दिएको दुई बिघा दुई कट्ठा साढे पाँच धुर जग्गा सुकुम्बासीहरूको लगातारको कर्के नजर र भूमाफियाहरूको गिद्दे नजरका बावजूद अझै साबुत छ।
ब्रिटिश क्याम्पको सहयोगमा भिरालो ठाउँलाई खारेर राम्रो बनाइएको फूटबल मैदान त्यसैभित्र छ। धरानका कुन स्कूलको त्यतिकासा जमीन होला आजको वेलाकालमा? तर, कठै, मैले बाह्रखरी सिकेको मेरो मातृ-पाठशाला अझै मिडिलको मिडिल नै छ।