पूर्णविराम
तिमी छेउ नगइरहन पनि सक्दिनँ, बसिरहन पनि सक्दिनँ। तिमीबाट टाढा हुँदा पनि पोल्छ मन। छेउ हुँदा त झन् ग्लानिले भतभती पोल्छ।
ढक्ढक् ढक्ढक्...।
यो आवाज कमजोर मुटुको कि,
आल्मुनियमको ढोकाको?
ढक्ढक् ढक्ढक्...।
बजिरहेको ढोका कि मेरो मन?
भर्खर रातको दुई बज्यो। को आयो यति राति? ढक्ढक् ढक्ढक् ...।
बजिरहेको ढोका नै हो।
रातको दुई बजे आउने मेरा मान्छे त कोही छैनन्। शिखरको मान्छे पनि रातमा आउँदैनन्। ती त झन् अघि फोन गरेर मात्रै आउँछन्।
ढक्ढक् ढक्ढक् ...।
भाडामा बस्ने नानीकी आमा पो हो कि? उनको लोग्ने विदेशतिर छ रे। राति नानीलाई बिसन्चो भएको वेला उनी त्यसरी नै ढोका बजाउँछिन्।
ढक्ढक् ढक्ढक्...।
‘को होला यति राति? ढोकामा को रहेछ हेर त शिखर।’
हत्तेरिका ! किन नउठेको यो शिखर? कानै खाने गरी ढोका बजेको सुनेको छैन?
‘उठ न शिखर। नानीको आमालाई आपत् पर्यो होला। जाऊ बाइकमा राखेर नानीलाई अस्पताल लैजान सहयोग गरिदेऊ।’
शिखर चालचुल गर्दैन। उसको रिस पनि हात्तीभन्दा ठूलो छ। सुत्ने वेलाको कुरा लिएर अझैसम्म रिसाइरहेको होला नि !
‘आएँ आएँ। ढोका कति बजाइराखेको? अहिले घरबेटी आमाले सुनिन् भने कराउँछिन्।’
घर्याक्क उघार्छु।
अहँ, म पागल हुनु हुन्न। रुनु हुन्न। आँसु त झन् देखाउनै हुन्न। अनि हाँस्न? अँ, हाँस्नु पनि हुन्न। हाँस्ने खालको दृश्य त यहाँ छँदै छैन। बरु पछ्याउनुपर्छ स्मृतिका गोरेटाहरू। र, पुग्नुपर्छ उसको मेरो विगतसम्म।
हँ, मधुरो प्रकाशमा को उभिएका? यी ती सानी नानीकी आमा होइनन्। पुलिस ! यी किन आएका?
‘शिखर ! हेर पुलिस आएका छन्। हिजो फेरि रक्सी खाएर कोसँग झगडा गर्यौ?’
‘तिमी कुन शिखरसँग कुरा गर्दै छौ?’
हँ, यी पुलिस दाइ के भन्दै छन्? शिखर मेरो लोग्ने।
हत्तेरिका ! शिखर त घरमा रहेनछ। ओछ्यान रित्तो छ। यतिन्जेल त्यसै शिखर शिखर भनेर चिच्याएकी रहेछु। ऊ त हिजो राति नौ नबज्दै रिसाएर हिंडेको अझै फर्केको छैन। रक्सीको आहालमा डुब्न पुगेको छैन होला नि अझै।
‘हजुर हिंड्नुस् हामीसँग।’
कहाँ लैजान खोजेका यिनीहरूले? अँध्यारोमा कहाँ जाने म? मैले के गल्ती गरें? अनि भाडामा बसेका मान्छे किन जम्मा भएका? यिनीहरू नसुतेर तमाशा हेर्न किन उठेका? यी घरबेटी आमा मलाई खाउँला झैं किन हेर्दै छिन्? यिनको पाँच महीनाको भाडा अस्ति मात्र त चुक्ता गरेका थियौं। के यिनले पुलिस बोलाएकी हुन्? हैन, यिनले यति राति पुलिस किन बोलाउँछिन्? त्यसो भए शिखरले रक्सी खाएर साथीलाई पिट्यो होला।
टुँडिखेलभरि मान्छे जम्मा भएका छन्। यो भीडमा पुलिसले किन ल्याएको मलाई? मधुरो उज्यालोमा मान्छेहरूले तन्किई तन्किई किन मैलाई हेरिरहेका? किन गह्रुङ्गो हुँदै छ पाइला? भीड देखेर किन अतालिंदै छ मन? शिखर तिमी कता छौ?
मन नराम्ररी दुखिरहेको छ। कतै उसले साँच्चै मौनताको बलात्कार त गरेन? त्यसैले पुलिसले उसलाई पुलिसथानामा लिएर आएका त छैनन्?
हो, विगत। जो पछि छुट्छन्। अझ यसो भनूँ, पछि छुटेकाले नै त्यो विगत भएको हो। ती दिनहरू हामी सँगसँगै हिंडेको भए विगत हुने थिएन। र, आजको अँध्यारो बिहान आउने थिएन।
अहो! अगाडिको दृश्य कति कारुणिक। यो दृश्य देखेर पागल हुनुपर्छ कि रुनुपर्छ छाती पिटीपिटी? कि हाँस्नुपर्छ अट्टहास गर्दै? कि हिंड्नुपर्छ स्मृतिका गोरेटाहरू पछ्याउँदै?
अहँ, म पागल हुनु हुन्न। रुनु हुन्न। आँसु त झन् देखाउनै हुन्न। अनि हाँस्न? अँ, हाँस्नु पनि हुन्न। हाँस्ने खालको दृश्य त यहाँ छँदै छैन। बरु पछ्याउनुपर्छ स्मृतिका गोरेटाहरू। र, पुग्नुपर्छ उसको मेरो विगतसम्म।
हो, विगत। जो पछि छुट्छन्। अझ यसो भनूँ, पछि छुटेकाले नै त्यो विगत भएको हो। ती दिनहरू हामी सँगसँगै हिंडेको भए विगत हुने थिएन। र, आजको अँध्यारो बिहान आउने थिएन।
शिखर। उसको नाम मात्रै शिखर थिएन। उसका इच्छा, चाहना र रहर पनि शिखर ताक्थे। गतिसँग उसको औधी प्रेम थियो। जस्तो कि, उच्च गतिमा मोटरसाइकल कुदाउनु, त्यही गतिमा धन कमाउनु। अनि त्यही गतिमा प्रेममा सफल हुनु। तर... तर? अँ, यो तर... कमा पनि रहेछ अनि पूर्णविराम पनि। यहाँ आएको तर... कमा होइन पूर्णविराम हो। उसको जिन्दगीको पूर्णविराम, प्रेमको पूर्णविराम र गतिको पूर्णविराम।
पूर्णविरामपछि पूर्णता दिन्छु भनेर उसको जिन्दगीमा गाभिएको हुँ। मेरो बुझाइमा प्रेमको पूर्णविराम हुन्न। कमा, पज भने हुनसक्छ। शिखर त पूर्णविरामपछि नयाँ हरफ थपिन सक्छ भनेर विश्वास नगर्ने मान्छे। यदि पूर्णविराम मेटाएर जिन्दगीमा नयाँ हरफ थप्नु थिएन भने किन समावेश गर्यौ मलाई आफ्नो जिन्दगीमा?
म प्रेमको प्यासी। प्यास नराम्रो हो र? उसलाई मेरो प्यास किन नराम्रो लाग्थ्यो? उसको शारीरिक प्यास ठीक, प्रेमको प्यास बेठीक कसरी भयो?
रक्सी र प्रेम दुर्घटनाले उसलाई नराम्रो बनाएको थियो। रक्सीको तलाउमा डुबिबस्थ्यो। आमा-बा दाजु-भाउजूले छिःछिः गर्थे। घर फर्केर नआइज भन्थे। दुनियाँले घृणा गरेको उसलाई म अग्घोर प्रेम गर्थें। तर, ऊ आफैंलाई पनि प्रेम गर्दैनथ्यो।
रक्सी र प्रेम दुर्घटनाले उसलाई नराम्रो बनाएको थियो। रक्सीको तलाउमा डुबिबस्थ्यो। आमा-बा दाजु-भाउजूले छिःछिः गर्थे। घर फर्केर नआइज भन्थे। दुनियाँले घृणा गरेको उसलाई म अग्घोर प्रेम गर्थें। तर, ऊ आफैंलाई पनि प्रेम गर्दैनथ्यो। टोलका अल्लारे केटाहरूसँग गाँजा खाएर झगडा गर्थ्यो। कहिले रातिहुँदी हल्ला गर्दै कोठामा आउँथ्यो। ‘मौनता मौनता’ भन्दै अश्लील गाली ओकल्थ्यो।
मौनता, जो उसको जिन्दगीमा थिई। किन हुर्किएन ती दुईको प्रेम, जान्दिनँ। तर, यति जान्दछु, शिखर त्यो नामलाई साह्रै घृणा गर्थ्यो। मौनतालाई उसको घृणाले कति फरक पार्यो, त्यो पनि जान्दिनँ। तर, मलाई धेरै फरक पार्यो। लोग्नेको मधुर वचन, प्रेम र घरव्यवहारमा साथ कहिल्यै पाइनँ। घरपरिवारको छिःछिः र दूरदूर खप्न नसकेपछि शुरू भएको डेराको सकसपूर्ण बसाइमा शिखर कहिल्यै साथी बनेन।
ऊ नीरस जिन्दगी बाँच्न अभ्यस्त भइसकेको थियो। प्रायः होशमा हुँदैनथ्यो। होशमा भएको वेला मृत्युको कामना गथ्र्याे। सुनेर चरक्क चिरिन्थ्यो मन। जीवन रङ्गीन बनाऔंला भनेर अघि बढेका पाइला टक्क रोकिन खोज्थे।
तर, रोकिन मञ्जुर थिएन मलाई। उसलाई मृत्यु र नशाको रमरमबाट निकालेर जिन्दगीको बाटोमा डोर्याउनु थियो।
यो पनि सजिलो रहेनछ। पीडा लिनुदिनु बाहेक उसको लक्ष्य नै थिएन। उसलाई रुन साह्रै मन पर्याे। रुवाउन पनि अभ्यस्त थियो। अगाडि उभिएका, बाटोमा हिंडिरहेका सबैलाई गाली गथ्र्याे। ऊ किन यस्तो भएको होला? अञ्जान मान्छेहरूलाई किन गाली गरेको होला?
‘बारम्बार यही कुरा नगर तिमी। तिमीलाई बिहे गर्ने वेलामा सुध्रिएको र अहिले बिग्रिएको हैन। हिजो जस्तो थिएँ आज पनि त्यस्तै छु। र, यस्तै मर्दै छु। तिमीले भनेर हुन्न।’
उसको अश्लील गालीको बानी परिसकेको थियो मलाई। यस्तो जनावरसँग बस्न को रुचाउँछ? मन भरिँदै थियो। तर, बीचैमा छोड्न ऊसँग गाँसिएको थिइनँ।
हिजो साँझको कुरा हो। ऊ मौनताको नाम लिएर कोठामा ओहोरदोहोर गरिरहेको थियो। उसलाई शान्त हुन आग्रह गर्दै भनें, ‘तिमी मौनतामै अल्झिएर किन बस्छौ?’
उसले चिच्याउँदै भन्यो, ‘म मान्छे हुँ र? म त जनावर हुँ नि। आज मेरो दिमाग सधैंभन्दा अलि बढी सड्किएको छ। पहिले तिम्रो बलात्कार गर्छु, अनि मौनताको। अनि आफुलाई मार्छु।’
सुनेर एकछिन त शून्य भएँ। ऊ कस्तो पागल कुरा गर्दै थियो। ऊ यस्तो सोच्न पनि कसरी सक्छ?
उसलाई सम्झउँदै भनें, ‘तिमी बारम्बार मौनताको बारेमा यस्तो किन भन्छौ? म चिन्दिनँ मौनता को हो, तर तिमीले भर्खर तिनको बारेमा जुन कुरा गर्यौ, त्यो सरासर अपराध हो। यस्तो गर्नु त परको कुरा सोच्नु पनि पाप हो। यदि तिमी मौनतालाई साँच्चै माया गथ्र्याै भने मौनताको बारेमा कहिल्यै नराम्रो कुरा नगर्नू।’
‘माया आफूलाई त गर्दिनँ। तिमीलाई पनि गर्दिनँ। मौनतालाई त झन् कहिल्यै गर्दिनँ।’
‘अरूलाई माया नगर, तर आपूmलाई त गर।’
ऊ रिसाउँदै बोल्यो, ‘मलाई तिमी या मौनता जस्तै बन्नु छैन। मलाई म जस्तै रहन देऊ।’
मैले भनें, ‘तिमी जस्तो थियौ त्यस्तै रहेर जिन्दगी चल्ने भए किन जोडिएको त मसँग? एक्लै बाँचेको भए हुन्थ्यो नि!’
‘बारम्बार यही कुरा नगर तिमी। तिमीलाई बिहे गर्ने वेलामा सुध्रिएको र अहिले बिग्रिएको हैन। हिजो जस्तो थिएँ आज पनि त्यस्तै छु। र, यस्तै मर्दै छु। तिमीले भनेर हुन्न।’
ऊ चुपचाप ओछ्यानमा पल्टियो। उसलाई काउकुती लगाइदिंदै भनें, ‘रिसायौ? तिमी यस्तो किन छौ भन त? मान्छेहरूलाई किन अभद्र व्यवहार गर्छाै?’
‘बारम्बार मर्ने कुरा नगर। कसैलाई माया गर्न सक्दैनौ भने नगर। तर, यस्तो कुरा गरेर अरूलाई रुवाउने काम नगर।’
ऊ चुपचाप ओछ्यानमा पल्टियो। उसलाई काउकुती लगाइदिंदै भनें, ‘रिसायौ? तिमी यस्तो किन छौ भन त? मान्छेहरूलाई किन अभद्र व्यवहार गर्छाै?’
‘तिनीहरूले पनि मलाई भद्र व्यवहार कहिले गरेका छन् र? बाटोमा निस्केको देख्ने बित्तिकै छिमेकका मान्छेहरूले कति नराम्रो व्यवहार गर्छन् भन्ने तिमीलाई थाहा छैन र? बाटोमा हिंडिरहेको मलाई तिनले गालीगलौज नगरी मैले गाली निकाल्ने गरेको छैन।’
‘उनीहरूले दुई-चार कुरा गर्दैमा जवाफ दिइहाल्नुपर्छ त? चुप लागेर हिंडे भैगो त।’
‘तिमी बारम्बार यी ब्वाँसो जस्ता छिमेकीको पक्ष लिएर कुरा नगर। बाटो हिंडिरहेका कुकुर देखेका छौ नि तिमीले, त्यही कुकुर नै ठान मलाई। त्यो कुकुर गन्हाउँदै घाउमा माखा लिएर हिंड्छ। तर, बाटो हिंडिरहेका मान्छेलाई टोक्दैन, न त भुक्छ नै। जब मान्छेले धर्धर् भन्दै धपाउँछ, तब त्यो पुच्छर लुकाएर भाग्छ। तर, जब लौरी लिएर भगाउँछ त्यसले भुक्न थाल्छ।
त्यतिले नपुगेर मान्छेले लौरी, ढुङ्गाले टाउकोमा हान्छ। तब त्यसले टोकिदिन्छ। त्यति मात्र हैन, रेबिज पनि सारिदिन्छ।’
‘छिः तिमीले आफूलाई कुहिएको घाउ बोकेर हिंड्ने कुकुरसँग दाँज्यौ।’
‘अँ दाँजें। तर, यो चोट पनि तिनै आफ्नाले दिएका त हुन् नि!’
‘मैले मानें, तिनले चोट अञ्जानमा या जानाजान दिए। तर, चोटमा मलम लगाउनु तिम्रो कर्तव्य हो नि! घाउ पाक्ने गरी खुलेआम देखाउँदै हिंड्नु बुद्धिमानी हैन।’
‘मैले मानें, तिनले चोट अञ्जानमा या जानाजान दिए। तर, चोटमा मलम लगाउनु तिम्रो कर्तव्य हो नि! घाउ पाक्ने गरी खुलेआम देखाउँदै हिंड्नु बुद्धिमानी हैन।’
उसले भन्यो, ‘तर मलम लगाउन नजान्नेलाई कसैलाई चोट दिने अधिकार पनि छैन।’
यसो भनेर ऊ चुप लाग्यो।
मैले भनें, ‘अघि तिमीले मेरो बलात्कार गर्छु भन्यौ। अनि मौनताको पनि।’
‘अनि के त? गर्दिनँ होला त?’
‘पत्याउन्नँ म।’
मेरो कुरा सुन्ने बित्तिकै ऊ जुरुक्क उठ्यो। अनि चिच्याउँदै भन्यो, ‘तिमीलाई मेरो कुरामा कहिले विश्वास लाग्छ हँ? भनें नि, तिम्रो बलात्कार गर्छु। मौनताको पनि गर्छु। अनि त्यसपछि विष खाएर मर्छु।’
नपत्याए जस्तो हाँसें म। तर, मनमा भने एकदमै डर पस्यो। ऊ न्यानो लुगा नलगाई कोठाबाट निस्कियो।
अँध्यारो रातमा कोठा छोडेर हिंडेको मान्छे फर्किएन। र, अगाडिको दृश्यले भन्दै छ, कोठामा मात्रै हैन मेरो जिन्दगीमा पनि कहिल्यै फर्केर आउनेछैन। हो, शिखर अब फर्केर आउनेछैन।
तर, यो के? हाम्रै कोठा छेउमा भाडामा बस्ने नानीकी आमा किन शिखरतिर सर्दै छिन्? तिनको नानी खोइ?
यो के देख्दै छु? नानीको आमा छेउमा बसेर किन रुँदै छिन्? झनै छिटोछिटो किन दगुर्दै छ यो मन? मौनता खोइ?
‘यो चिठी हजुरका लागि।’
चिठी? मेरा लागि? कसले दिएको? शिखरले? कि उसले खल्तीमा चिठी राखेको थियो?
सञ्जु,
छिमेकको मान्यताको नानी खोसेर लिनू। उसले तिमीलाई आफ्नो नानी छुन पनि दिन्न हैन? तर, राति सन्चो नभएको वेला तिम्रै शिखरलाई लिएर जानुपर्छ अस्पताल। त्यो मान्यता साह्रै स्वार्थी छे।
सञ्जु, तिमीले भन्थ्यौ नि, मौनतालाई चिन्दिनँ भनेर। चिन्नु पनि पर्दैन। त्यो साह्रै स्वार्थी छे। तर, यति जानिराख्नू, मान्यताको नानीलाई अपहरण गरेर भए पनि आफूसित राख्नू।
तिम्रो शिखर।
उसो त तिमी गएदेखि बाँच्नुपर्छ भन्ने नै बिर्सिसकेथेँ। तिमी फेरि आयौ र पनि बाँच्नुपर्छ भन्ने लाग्दैन। रहरल पो बाँच्नु, करले पनि के बाँच्नु? बाँच्नका लागि पो खानु, खान पनि के बाँचिरहनु?
तिम्रो शिखर? शिखर, तिमी मेरो कहिले थियौ? एउटै ओछ्यानमा हुनु मात्र सँगै हुनु होइन नि शिखर। अनि तिमी यो कस्तो अपहरणको कुरा गर्दै छौ? मान्यताको नानी किन अपहरण गरूँ? नानीसँग लगाव हुनुको अर्थ सधैं मसँगै हुनुपर्छ भन्ने होइन।
दिन उस्तो रमाइलो लाग्दैन। मान्यताको नानीको तस्वीर हेर्छु। किन किन शिखरले अपहरण गरेर भए पनि आफूसित राख्नु भनेको कुरा याद आउँछ। तर, मान्यता सधैंका लागि कोठा छोडेर गइसकेकी छ। शिखर पनि त नानीलाई देखेपछि मुस्कुराउँथ्यो। दिनभरि भए पनि मान्यताको कोठामा गएर नानीसँग खेलिबस्थ्यो।
मान्यताको कोठा रित्तो छ। कागजहरू छरपस्ट छोडिएका छन्। झ्यालमा एउटा खाम छ। बाहिर मौनता लेखिएको छ।
अहो ! यो त शिखरको अक्षर पो त। मान्यताको कोठामा मौनताको नामको चिठी?
मौनता,
कुन रहरले मलाई छोड्यौ? र, फेरि कुन रहरले पछ्याउँदै आयौ मसम्म? भन्थ्यौ, तिमीले भन्दा धेरै माया गर्छु। तर, छोडेर जाने वेला एक पटक पनि मलाई सम्झ्इिनौ। तीन वर्ष अघि भर्खरै शुरू भएको घरगृहस्थी लथालिङ्ग पार्न किन आयौ फेरि? कसरी भन्न सक्यौ, सञ्जुलाई छोडेर मलाई अँगाल भनेर। जसरी मलाई छोडेर गएकी थियौ उसैगरी नानी बोकेर लोग्नेलाई छोडेर आउनु अघि एक पटक तिमीले लोग्नेलाई छोड्नुको कारण किन बताइनौ? कारणरहित जोडिन र छुट्टिन तिमीलाई किन मन पर्छ?
तिमी छेउ नगइरहन पनि सक्दिनँ, बसिरहन पनि सक्दिनँ। तिमीबाट टाढा हुँदा पनि पोल्छ मन। छेउ हुँदा त झन् ग्लानिले भतभती पोल्छ। सञ्जुलाई छलिरहेछु भन्ने ग्लानिले रातभरि निदाउन सक्दिनँ। यस्तो लथालिङ्ग भई किन बाँचिरहेछु?
उसो त तिमी गएदेखि बाँच्नुपर्छ भन्ने नै बिर्सिसकेथेँ। तिमी फेरि आयौ र पनि बाँच्नुपर्छ भन्ने लाग्दैन। रहरल पो बाँच्नु, करले पनि के बाँच्नु? बाँच्नका लागि पो खानु, खान पनि के बाँचिरहनु? बाँच्नुपर्छ भन्नेहरूको नजरमा बाँच्नु केलाई भनिन्छ कुन्नि? तर, दुख्दै दुख्दै बाँच्नुलाई म बाँच्नु भन्दिनँ।
अन्तमा, सञ्जुलाई घृणा नगर्नू मान्यता। तिमी छुटेकाले नै सञ्जु जोडिएको हो। कारणरहित घृणा गर्ने अधिकार तिमीलाई छैन।
शिखर।
मान्यता? अर्थात् मौनता। ती दुई रहस्यको कालो पर्दाभित्र कस्तरी बाँचिरहेका? मान्यताको मौनता किन बुझ्न सकिनँ? उनको घृणा त झन् किन कहिल्यै महसूस भएन? ‘यस्तो लोग्नेसित पनि कसरी बस्न सक्नुभएको दिदी? म भए उहिल्यै छोडपत्र दिइसक्थें’ भन्ने गर्थी मान्यता। मेरो लोग्नेसित जोडिनु थियो, यसैले यसो भनेकी थिई?
छोटो अध्यायको शिखररूपी परिच्छेदमा पूर्णविराम लागेको छ। तर, शिखर-मौनताको प्रेमको अध्याय भने प्रश्न बनेर मलाई घोचिरहन्छ। किन छुटे होलान् यात्राको बीचमा? किन फेरि पछि छुटेको गन्तव्य पछ्याउँदै आई मौनता? बर्बादीको दलदलमा किन भासियो शिखर? कुन रहरको पखेटा फिँजाउँदै भुर्र उडी फेरि मौनता? र अब उडेर कहाँ पुगी होली?
शिखर, म त यहीं छु। पूर्णविराम लागेको रहरमा नयाँ हरफहरू थप्ने अभिलाषा सहित। मलाई मञ्जुर छैन पूर्णविरामपछि परिच्छेद टुङ्ग्याउन। म हरफ थप्नुमा विश्वास गर्छु, न कि अध्याय टुङ्ग्याउनमा।