आहा! सराङकोटको सूर्योदय (तस्वीरहरू)
दशैं प्रारम्भ भएसँगै चर्चित पर्यटकीय गन्तव्य सराङकोट पनि गुल्जार बनेको छ। सूर्योदय र सूर्यास्त अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ।
पोखरा महानगरपालिका– १६ स्थित सराङकोट समुद्री सतहबाट एक हजार ६ सय मिटरको उचाइमा छ। सूर्योदय र सूर्यास्तको रोमाञ्चक दृश्यसँगै सुन्दर हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ।
उत्तरमा धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल एउटै लहरमा उभिएका देखिन्छन्। दक्षिण–पूर्वमा फेवा ताल र पोखराको मनमोहक दृश्य अझ रोमाञ्चक हुन्छ।

प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक रूपमा पनि सराङकोट आन्तरिक पर्यटकको रोजाइमा पर्छ। ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागीश्वरी मन्दिर, पदेंली शिव मन्दिर सराङकोट क्षेत्रका आकर्षण हुन्।
त्यस्तै, सराङकोट भ्यूटावर, चण्डीको डिल (पाराग्लाइडिङ), मेथलाङ डाँडा, वाहकोट (पाराग्लाइडिङ), खपौंदी र राताडाँडा यस क्षेत्रका पर्यटकीय स्थल हुन्। कोभिड–१९ को सङ्क्रमण घट्दै गएसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)