ग्लोबल आइएमई ब्याङ्कले १३.५ प्रतिशत लाभांश दिने
ग्लोबल आइएमई ब्याङ्कले आफ्ना शेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने भएको छ।
ब्याङ्क सञ्चालक समितिको सोमबार बसेको बैठकले आफ्ना शेयरधनीलाई रु.२ अर्ब ९२ करोड बराबरको लाभांश दिने निर्णय गरेको हो। १३.५ प्रतिशत लाभांशमा बोनश शेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत रहेको छ।
अहिले ब्याङ्कको चुक्ता पूँजी २१ अर्ब ६३ करोड छ। अब १० प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पूँजी रु.२३ अर्ब ७९ करोड पुग्नेछ ।
त्यस्तै, नगद लाभांश वितरण पश्चात् ब्याङ्कको कूल पूँजीकोष रु.३६ अर्ब ९२ करोड रहनेछ।
ग्लोबल आइएमई ब्याङ्कले आव २०७७/७८ मा ४ अर्ब १६ करोड खुद मुनाफा आर्जन गरेको छ।