सन्दीप बने आईसीसीको ‘प्लेयर अफ द मन्थ’
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सेप्टेम्बर महीनाको उत्कृष्ट खेलाडी घोषणा गरेको छ।
आईसीसीले प्रत्येक महीना भोटिङका आधारमा उत्कृष्ट खेलाडी अर्थात ‘प्लेयर अफ द मन्थ’ घोषणा गर्दै आएको छ। सेप्टेम्बर महीनाको ‘प्लेयर अफ द मन्थ’ लामिछाने बनेका हुन्।
महीनाभरि गरेको प्रदर्शनका आधारमा उनी नोमिनेशनमा परेका थिए। उनीसँगै बाङ्लादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रा मनोनयनमा परेका थिए।
भोटिङमा अहमद र मलहोत्रालाई पछि पार्दै लामिछाने ‘प्लेयर अफ द मन्थ’ बन्न सफल भएका हुन्। गत महीना भएको त्रिदेशीय श्रृङ्खलामा लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ६ खेलमा १८ विकेट लिएका थिए।