सिप्रदीले ल्यायो ‘एक्साइड क्यास ब्याक’ योजना
दशैंको अवसरमा एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले एक्साइड क्यास ब्याक अफर ल्याएको छ।
यस योजना अन्तर्गत ग्राहकले एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्री साटेर क्यास ब्याक पाउन सक्नेछन्। यो योजनामा हरेक महीना १२ जना भाग्यशाली ग्राहकले २५ देखि ५० प्रतिशतसम्म नगद फिर्ता पाउने कम्पनीले जनाएको छ।
एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलका ब्याट्रीहरूमा सीमित अवधिका लागि योजना लागू हुने जनाइएको छ।