सानिमा ब्याङ्कका तीन शाखा विस्तार
सानिमा ब्याङ्क लिमिटेडले तीन ठाउँमा शाखा विस्तार गरेको छ।
ब्याङ्कले कपिलवस्तुको जितपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा विस्तार गरेको हो। जितपुरमा प्रदेश सभा सदस्य विष्णु पन्थी, वाणगंगा नगरपालिका मेयर पंकज थारू र ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले शाखा उद्घाटन गरेका छन्।
त्यस्तै, मध्यबानेश्वरमा काठमाडौं-१० का वडाध्यक्ष रामकुमार केसी र ब्याङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले शाखा उद्घाटन गरेको निक्षेप व्यवस्थापन-संस्थागत शाखा प्रमुख हेमराज संज्यालले बताएका छन्।
बोडेस्थित शाखाको उद्घाटन ब्याङ्कका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका छन्।
योसँगै सानिमा ब्याङ्कका देशभर ११२ कार्यालय पुगेका छन्। ब्याङ्कले ९७ वटा एटीएम सञ्चालन गरेको छ।