वसन्तपुरको दशैंघरमा राखियो जमरा (तस्वीरहरू)
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रस्थित दशैंघरमा बिहीबार विधिपूर्वक जमरा राखिएको छ।
आजदेखि दशैं प्रारम्भ भएको छ। दशैंको पहिलो दिन अर्थात् घटस्थापनाका दिन जमरा राख्ने गरिन्छ। जमरा राखेसँगै दशैं शुरू भएको मानिन्छ।
वसन्तपुरको दशैं घरसँगै देशभरका शक्तिपीठमा पनि जमरा राखिएको छ। त्यस्तै, घरघरमा पनि जमरा राख्ने प्रचलन रहेको छ।