नबिल ब्याङ्कको ‘दशैं धमाका अफर’
नबिल ब्याङ्कले दशैंको अवसरमा ‘नबिल दशैं धमाका अफर’ ल्याएको छ।
यस अफर अन्तर्गत नबिल ब्याङ्कका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गर्दा क्यासब्याक पाउने भएका छन्।
बिग मार्टमा १० प्रतिशत छूट वा तीन सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन्। यो अफर घटस्थापनाबाट लागू हुनेछ।
त्यस्तै, किरानामा १५ प्रतिशत छूट वा एक हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउने व्यवस्था गरिएको छ। यो अफर २५ असोजसम्म लागू हुनेछ।
दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छूट वा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ।