मुक्तिनाथ ब्याङ्कका ग्राहकलाई उपचारमा छूट
मुक्तिनाथ विकास ब्याङ्कका ग्राहकले महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा विशेष छूट पाउने भएका छन्।
यसका लागि ब्याङ्कले अस्पतालसँग सम्झौता गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।
ब्याङ्कका डेबिट कार्डवाहक तथा मोबाइल ब्याङ्किङ ग्राहकले बसुन्धारास्थित अस्पतालमा बेड चार्ज, डायग्नोस्टिक, फार्मेसी, प्रक्रियामा १० प्रतिशत छूट पाउने भएका हुन्।