आईएमएसले ल्यायो ‘सामसुङ फेस्टिभ अफर’
आईएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरीद गर्दा ५० प्रतिशत मूल्यसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन्। जसमा नौ वटा आईएमएस एसमार्ट-सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् नौ जना भाग्यशाली विजेता घोषणा गरिनेछ।
आईएमएस एसमार्ट शोरुम काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेल, पोखरा, बुटवल र धनगढीमा रहेका छन्।
आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ। प्रत्येक ग्राहकले सामान खरीद गर्दा १५ हजारभन्दा बढी सुविधा पाउन सक्नेछन्। यो अफर १७ कात्तिकसम्म लागू हुनेछ।