गोकर्णेश्वरमा सानिमा ब्यांकको शाखा
सानिमा ब्यांक लिमिटेडले काठमाडौंको गोकर्णेश्वरमा शाखा कार्यालय स्थापना गरेको छ।
मंगलबार गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले शाखा कार्यालयको उद्घाटन गरेका छन्। शाखा कार्यालय उद्घाटन गर्दै मेयर चालिसेले बधाइ दिँदै सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा ब्यांकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे सहयोगका लागि ग्राहक र सरोकारवालालाई आग्रह गरे।
योसँगै सानिमा ब्यांकका देश १०९ कार्यालय पुगेका छन्। ब्यांकले ९७ वटा एटिएम सञ्चालन गरेको छ।