महाकालीले ल्यायो ‘डिभाइन वाइन्स प्रिमियम’
श्री महाकाली वाइन्स प्रालिले दशैंको अवसरमा नयाँ वाइन बजारमा ल्याएको छ।
महाकालीले १८ असोजदेखि ‘डिभाइन वाइन्स प्रिमियम’ वाइन बजारमा ल्याएको हो। अँगूरबाट बनेको यो वाइनले उपभोक्तालाई नयाँ स्वाद दिने जनाइएको छ।
अन्तर्राष्ट्रिय स्तरको प्रविधि प्रयोग गरेर यो वाइन उत्पादन गरिएको कम्पनीले जनाएको छ। यसको गुणस्तरसँगै स्वाद पनि अन्तर्राष्ट्रिय स्तरको वाइनको जस्तै भएको कम्पनीको दाबी छ।