एनएमबीमा भिडियो कल गरेर खाता खोल्न सकिने
एनएमबी ब्यांकले भिडियो कल गरेर खाता खोल्न सकिने व्यवस्था गरेको छ।
यो सुविधा अन्तर्गत भिडियो कल गरेर पाँच मिनेटमै देश तथा विदेशबाट खाता खोलेर कारोबार गर्न सकिने ब्यांकले जनाएको छ। यससँगै डिजिटल माध्यम प्रयोग गरेर केवाईसी विवरण पूरा वा अपडेट गर्न सकिने भएको छ।
ग्राहकलाई सहज सेवा उपलब्ध गराउन यो सेवा सञ्चालनमा ल्याइएको ब्यांकले जनाएको छ।
“अब ग्राहकले मोबाइल र इन्टरनेट ब्यांकिङको परम्परागत उपयोगको परिधि भन्दामाथि उठेर ब्यांकसम्म नधाईकनै मुख्य ब्यांकिङ गतिविधिहरु संचालन गर्न सक्नेछन्,” एनएमबीले भनेको छ।