प्रदीप र अशोकले पाए दोब्बर रकम
आइएमईले पर्व लक्षित दशैँमा डबलको डबल अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ।
लक्की ड्र मार्फत नतिजा सार्वजनिक गर्दा प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका छन्। आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत नजिता सार्वजनिक गरिएको हो।
अफर अवधिमा प्रदीपले क्याओदाइ रेमिट जापानबाट ३६ हजार २७८ र अशोकले र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट ३१ हजार ६५३ रूपैयाँ नेपाल पठाएका थिए। अफर अनुसार आइएमईले उनीहरूका आफन्तलाई क्रमशः ७२ हजार ५५६ र ६३ हजार ३०६ रूपैयाँ उपहार प्रदान गरेको छ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबलको डबल अफर १ असोजदेखि १६ कात्तिकसम्म सञ्चालन गरेको छ।
यो अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) र बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा)सम्म रकम पुरस्कार प्रदान गर्ने भएको छ।