हार्ड रक क्याफे सञ्चालन हुँदै
काठमाडौंको दरबारमार्ग अर्को महीनादेखि हार्ड रक क्याफे सञ्चालन हुने भएको छ।
शेर्पा मलमा सञ्चालन हुने हार्ड रक क्याफेमा अमेरिकी प्रसिद्ध मेनु, कक्टेल्स उपलब्ध हुने जनाइएको छ। हार्ड रकको मुख्य आकर्षण बर्गर रहने भएको छ।
बर्गरमा पनि चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको समेत पाइने जनाइएको छ। यससँगै स्टेक सस उपलब्ध हुनेछ।
यसैगरि ग्रील्ड, ताजा, चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सीमि र आयातित चेद्दार चीजको साथमा सलाद उपलब्ध हुनेछ।
त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुईं कटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो पनि पाइने हार्ड रकले जनाएको छ।