वर्ल्डलिंकद्वारा ट्राफिक प्रहरीलाई इलेक्ट्रिक स्कुटर प्रदान
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको छ।
व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत इलेक्ट्रिक स्कुटर प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई स्कुटर हस्तान्तरण गरेका हुन्।
ट्राफिक प्रहरीलाई इन्टरनेट सेवा समेत दिँदै आएको उनले बताए। आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई सहयोग गरिने उनको भनाइ थियो।
ट्राफिक साइरन जडित यो जापानिज स्कुटर एक पटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्छ।