प्रतिभा व्यवस्थापनको प्रश्न
प्रतिभा व्यवस्थापनको उपयुक्त उदाहरण कुलमान घिसिङ हुन्। उनले आफ्नो प्रतिभा प्रयोग गरेर मुलुकलाई अत्यास लाग्दो लोडसेडिङबाट त निकाले नै घाटामा गएको प्राधिकरणलाई पनि नाफामा ल्याए।
विकसित देशहरूले प्रतिभा व्यवस्थापन नीति र संस्थागत संयन्त्र निर्माण गरेको पाइन्छ। नेपालमा भने यसबारे खासै चर्चा सुनिदैन। हामी कहाँ प्रतिभा व्यवस्थापन नौलो र अपहेलित विषय बन्न पुगेको छ।
समाज, राष्ट्र र विश्वले प्रगती गर्न प्रतिभा अपरीहार्य छ। प्रतिभाको परिभाषा गर्न भने सजिलो छैन। कुनै क्षेत्रका क्षमतावान र सक्षम व्यक्ति नै त्यस क्षेत्रका प्रतिभा हुन्। विशेष क्षमता भएका व्यक्ति नै त्यो क्षेत्रका प्रतिभा हुन्।
उदाहरणका लागि राम्रो भकुण्डो वा क्रिकेट खेल्न सक्ने व्यक्ति त्यो खेल क्षेत्रको लागि प्रतिभा हो। राम्रो गाीत गाउन र नाच्न सक्ने व्यक्ति संगीत क्षेत्रको प्रतिभा हो।
प्रतिभाको महत्व
‘राइट म्यान राइट प्लेस’ अर्थात् सही ठाउँमा सही व्यक्ति प्रतिभा व्यवस्थापनको विज्ञान हो। विशिष्ट ज्ञान, क्षमता र कार्यकुशलता भएका व्यक्ति कसलाई आवश्यक नहोला? प्रतिभाशाली व्यक्तिले नै दुनियाँलाई डोर्याउन सक्छ। विश्वस्तरका संस्थाहरूले प्रतिभाको खोजी गरिरहेका हुन्छन्। प्रतिभाशाली व्यक्तिहरूले नै त्यस्ता संस्थाहरुको नेतृत्व गरेको पाइन्छ।
प्रतिभा व्यवस्थापनको उदाहरणको रुपमा कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइनुलाई लिन सकिन्छ। अघिल्लो सरकारले जगेडामा राखेका घिसिङलाई पुष्पकमल दाहाल प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएका वेला विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइयो।
कुनै पनि देशको सफलता त्यो देशले प्रतिभालाई व्यवस्थापन गरे कि गरेन, त्यसैमा निहित हुन्छ। त्यसैले समाजका सबैखाले प्रतिभालाई सम्मानजनक व्यवस्थापन गर्ने नीति र कानून जरुरी छ।
उनले आफ्नो प्रतिभा प्रयोग गरेर मुलुकलाई अत्यास लाग्दो लोडसेडिङबाट त निकाले नै घाटामा गएको प्राधिकरणलाई पनि नाफामा ल्याए। वर्तमान सरकारले उनलाई पुनः कार्यकारी निर्देशक बनाउनुलाई प्रतिभा व्यवस्थापनको सकारात्मक पक्ष मान्न सकिन्छ।
अन्तर्राष्ट्रिय अभ्यास
व्यवस्थापन गर्नु अगावै प्रतिभा पहिचान अनिवार्य छ। सन् १९६१ मा जोन एफ. केनेडी अमेरिकाका राष्ट्रपति हुने बित्तिकै उनले ‘बेस्ट एन्ड ब्राइटेस्ट’ लाई उचित स्थान दिएर प्रतिभा व्यवस्थापन शुरू गरे। आफ्नो शासनकालमा उनले राजनीतिक र प्रशासनिक क्षेत्रमा ‘बेस्ट एन्ड ब्राइटेस्ट’लाई प्रशस्त स्थान र सम्मानपूर्वक जिम्मेवारी दिए।
अमेरिका आजको अमेरिका हुनुमा उनको त्यो नीतिको निरन्तरतालाई श्रेय जान्छ। केनेडीले ‘ट्यालेन्ट हन्ट कमिटी’ गठन गरेर प्रतिभा व्यवस्थापनलाई संस्थागत गरेका थिए। त्यसैले अहिले पनि अमेरिकामा सरकारले युवालाई महत्त्वपूर्ण जिम्मेवारी दिने गरेको प्रशस्त उदाहरण छन्।
जस्तै बाराक ओबामालाई राष्ट्रपतिमा निर्वाचित गर्नु उनको प्रतिभालाई अमेरिकी समाजले चिन्नु हो। राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेर ह्वाइट हाउसबाट बाहिरिंदा ओबामा जम्मा ५२ वर्षका थिए।
ठूला-ठूला संस्थाहरुले आफ्नो आवश्यकता, कार्यक्षेत्र र सम्भावना हेरेर पहिला नै प्रतिभा खोज्ने कार्य गर्छन्। संस्थाहरूले प्रशिक्षण र तालिम दिएर प्रतिभा तिखार्ने र निखार्ने काम गर्छन्। प्रसिद्ध फुटबल क्लबहरू त्यसका उदाहरण हुन्।
ठूला-ठूला संस्थाहरुले आफ्नो आवश्यकता, कार्यक्षेत्र र सम्भावना हेरेर पहिला नै प्रतिभा खोज्ने कार्य गर्छन्। संस्थाहरूले प्रशिक्षण र तालिम दिएर प्रतिभा तिखार्ने र निखार्ने काम गर्छन्। प्रसिद्ध फुटबल क्लबहरू त्यसका उदाहरण हुन्। स्पेनीस क्लब बार्सिलोनाले लियोनल मेसीलाई अर्जेन्टिनाबाट सानैमा ल्याएर प्रशिक्षण दिएका थिए। पोर्चुगलका क्रिश्ट्यिानो रोनाल्डो, फ्रान्सका केलीयन एम बाप्पे जस्ता फुटबलरहरूको सानैमा प्रतिभा चिनेर क्लबहरूले प्रशिक्षणमा राखेका थिए।
नेपालमा प्रतिभा व्यवस्थापन
नेपालमा प्रतिभा व्यवस्थापनको ठोस नीति छैन। नीतिगत व्यवस्थाको अभावमा प्रतिभा व्यवस्थापनको विषयले त्यति महत्त्व पाउन सकेको छैन। प्रतिभाशाली व्यक्तिलाई सकेसम्म पाखा लगाउने गरिएका उदाहरण छन्। उनीहरूको इर्ष्या गर्ने र त्यस्ता व्यक्ति रहिरहेमा आफ्नो स्थान सुरक्षित रहदैन ठान्ने प्रवृत्ति जबर्जस्त छ। प्रतिभावान व्यक्तिले आफ्नो भाग खोसेर खाइदेला कि भन्ने विकृत मानसिकताले समाज आक्रान्त छ।
यहाँका नेता जो सबै विषय जान्ने र सबै क्षेत्रका आफै सक्षम प्रतिभा ठान्ने प्रवृत्ति छ। नेताहरूका यस्ता मपाईत्व र सर्वज्ञानी मानसिकताले गर्दा नेपालमा प्रतिभाको उचित कदर हुन सकेको छैन।
२०३२ सालमा भेषबहादुर थापाको नेतृत्वमा बनेको कार्यदलले सरकारी सेवामा प्रतिभावान व्यक्तिलाई आकर्षित गर्न र उनीहरूलाई सेवा प्रवेश गराउन निजामति सेवाको प्रथम र द्वितीय श्रेणीमा १० प्रतिशत खुल्लाबाट आउने उम्मेदवारका लागि छुट्याउनु पर्ने सिफारिश गरेको थियो। बहुदलीय व्यवस्था आएपछि बनेको निजामति ऐन-२०४९ मा त्यो व्यवस्था गरेको थियो। त्यसमा आन्तरिकबाट पनि प्रतिस्पर्धा गर्न पाउने नाममा त्यो पूर्णरुपमा कार्यरत कर्मचारीको लागि सिट सुरक्षित गर्ने माध्यममात्रै भएको छ।
प्रतिभालाई भित्र ल्याउने मात्रै होइन कि भित्रकालाई कसरी यहि राखिराख्ने त्यो नीतिको खाँचो छ। भएका प्रतिभालाई यहि टिकाउने नीतिको अभावमा त्यो नीतिलाई सग्लो र त्यति राम्रो मान्न सकिदैन्।
बाहिरका प्रतिभालाई होइन, भित्रकालाई मिलान गर्ने साधन मात्रै भयो। जे उद्देश्यले त्यो नीतिको सिफारिश गरेको थियो, परिणाममा कर्मचारी प्रशासनको स्वार्थले त्यसलाई विकृत बनायो।
केही दशकदेखि नै प्रतिभा पलायन (ब्रेन ड्रेन) समस्यालाई लिएर परराष्ट्र मन्त्रालयले ‘ब्रेन गेन’ एकाइ निर्माण गरेको छ। त्यसले विदेशमा रहेका प्रतिभाशाली, विज्ञ जनशक्तिलाई स्वदेशमा फिर्ता ल्याउने मूल ध्येय राखेको छ। यो एकाइका उद्देश्यहरू प्रतिभा पहिचान गर्ने, प्रवर्द्धन गर्ने, जोड्ने, परिचालन गर्ने र सम्मान वा पुरस्कृत गर्ने रहेका छन्।
यो एकाइले विदेशमा रहेका प्रतिभालाई स्वदेशमा ल्याउने मुख्य उद्देश्य राखेको छ। तर बाहिर पलायन हुने प्रतिभालाई कसरी रोक्ने, टिकाउने? त्यससम्बन्धी यो ब्रेन गेन सेन्टरले सोचेको पाइदैन। प्रतिभालाई भित्र ल्याउने मात्रै होइन कि भित्रकालाई कसरी यहि राखिराख्ने त्यो नीतिको खाँचो छ। भएका प्रतिभालाई यहि टिकाउने नीतिको अभावमा त्यो नीतिलाई सग्लो र त्यति राम्रो मान्न सकिदैन्।
अव्यवस्थापनको जोखिम
प्रतिभालाई व्यवस्थापन गर्न सकेन भने मुलुकले मूल्य चुकाउनुपर्छ। पुष्पकमल दाहाललाई प्रतिभाको विम्ब मानेर (कसैको विमति पनि हुन सक्ला) विश्लेषण गर्दा मुलुकले उनको व्यवस्थापन गर्न नसक्दा वा उनलाई कमजोर आकलन गर्दा देशले १० वर्षसम्म युद्ध व्यहोर्नु पर्यो। दाहालको वेलैमा व्यवस्थापन गर्न नसक्दा नेपालको राजनीतिक कोर्स नै दायाँ-बायाँ, तल-माथि हुने गरेको देख्न सकिन्छ।
पृथ्वीनारायण शाह र राजा महेन्द्रमा प्रतिभा व्यवस्थापनको क्षमता थियो। पुष्पकमल दाहालले नेत्रविक्रम चन्द लगायतलाई व्यवस्थापन गर्न सकेनन्। सरकारले महावीर पुनको प्रतिभाको उपयोग गर्न सकेन।
चौथो महाधिवेशनको नेतृत्व गरेका मोहनविक्रम सिंह, निर्मल लामाहरूले युवाको प्रारम्भिक व्यवस्थापन गर्न नसकेका कारणले देशको राजनीतिले अर्कै मोड लियो। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जीवनको उत्तरार्धमा जोखिम लिएरै शान्ति वार्ता र १२ बुँदे सम्झौतामार्फत् दाहाल, बाबुराम भट्टराई लगायतको व्यवस्थापन गर्ने प्रयास गरेका थिए।
एमाले र माओवादी केन्द्र एकीकरणपछि केपी शर्मा ओलीले दाहाललाई व्यवस्थापन गर्न सकेनन्। सकेको भए नेकपा नफुट्न सक्थ्यो। त्यसैले प्रतिभा व्यवस्थापन गर्न नसक्दा जोखिमको सम्भावना रहन्छ र त्यसबाट सृजित परिस्थितिले अनपेक्षित जोखिम निम्तिन सक्छ ।
पृथ्वीनारायण शाह र राजा महेन्द्रमा प्रतिभा व्यवस्थापनको क्षमता थियो। पुष्पकमल दाहालले नेत्रविक्रम चन्द लगायतलाई व्यवस्थापन गर्न सकेनन्। सरकारले महावीर पुनको प्रतिभाको उपयोग गर्न सकेन। अनुत्पादक क्षेत्रमा लगानी गरिरह्यो तर उनलाई दिल खोलेर सहयोग गरेन।
समाजका सबैखाले प्रतिभालाई सम्मानजनक व्यवस्थापन गर्ने नीति र कानून जरुरी छ। कुनै पनि देशको सफलता त्यो देशले प्रतिभालाई व्यवस्थापन गरे कि गरेन, त्यसैमा निहित हुन्छ। अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले जसरी प्रतिभा व्यवस्थापनको संस्थागत अभ्यास गरे, त्यसरी नेपालले पनि आफ्ना भिन्न-भिन्न क्षेत्रका प्रतिभालाई व्यवस्थापन गर्न सके मुलुकले सफलताको सगरमाथा चुम्नेछ। यसतर्फ नीति निर्माता र कार्यान्वयनकर्ताको वेलैमा ध्यान जाओस्।