हुस्सुमा हराएको शहर (तस्वीरहरू)
मनसुन बाहिरिने वेला भएसँगै आकाश खुल्न थालेको छ। नगरकोटबाट हेर्दा हिमशृङ्खला टल्किन्छन् भने काठमाडौं उपत्यका पनि सिनित्त पारिए जस्तै देखिन थालेको छ।
बिहानपख भने काठमाडौं उपत्यकालाई हुस्सुले छोप्छ। हिमाल पनि अलिकति छेकिन्छन्। तैपनि, नगरकोटबाट उत्तरतिरको दृश्य मनमोहक हुन्छ।