लुम्बिनी विकास ब्याङ्कका ग्राहकलाई कुटी रिसोर्टमा छूट
लुम्बिनी विकास ब्याङ्कका ग्राहकले पोखराको लेकसाइडस्थित कुटी रिसोर्ट प्रालिमा छूट पाउने भएका छन्।
यसका लागि लुम्बिनी विकास ब्याङ्क र कुटी रिसोर्ट प्रालिबीच सम्झौता भएको छ। लुम्बिनीका ग्राहकलाई कुटी रिसोर्टका विभिन्न सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छूट प्रदान गरिनेछ।
यसमा ग्राहकले खाना तथा बस्न, व्यायाम तथा स्वास्थ्य क्लब, स्विमिङ पुल, स्पाको आनन्द लिन सक्नेछन्।
सम्झौतामा लुम्बिनी विकास ब्याङ्कका तर्फबाट मुख्य प्रबन्धक दीपक खनाल र कुटी रिसोर्ट प्रालिका तर्फबाट म्यानेजिङ डाइरेक्टर देवेन्द्र केसीले हस्ताक्षर गरेका छन्।