आईएमई पेको हवाई टिकट खरीदमा ५० प्रतिशत क्यास ब्याक अफर
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘र्आइएमई पे’ को ‘दशैं झट्का’ अफर ल्याइएको छ।
यो अफर ११ देखि १४ असोजसम्म हरेक दिन दिउँसो १ बजे एक घण्टाका लागि लागू गरिएको छ। यसमा आइएमई पे वालेटबाट हवाई टिकट खरीद गर्दा ५० प्रतिशतसम्म क्यास ब्याकको व्यवस्था मिलाइएको छ।
क्यास ब्याकको सीमा दुई हजारसम्म रहेको छ। पहिलो एक सय खरीदकर्ताका लागि प्रत्येक दिन बिक्रीको समयमा जानकारी उपलब्ध गराइने जनाइएको छ।
सेवाग्राहीको अधिकतम सुविधाका लागि यो अफर ल्याइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले जानकारी दिए।