मुक्तिनाथका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छूट
मुक्तिनाथ विकास ब्याङ्कका ग्राहकले धुलिखेलको आगन्तुक रिसोर्टमा विशेष छूट पाउने भएका छन्।
यसका लागि मुक्तिनाथ ब्याङ्कले आगन्तुक रिसोर्टसँग सम्झौता गरेको छ। यस सम्झौता अनुसार, मुक्तिनाथ विकास ब्याङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल ब्याङ्किङ ग्राहकले आगन्तुक रिसोर्टमा बसाइ र खाना तथा परिकारमा विशेष छूट पाउनेछन्।
यससँगै ब्याङ्कले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस ब्याङ्कको एटीएम कार्ड प्रयोग गरी देशभर भिसा नेटवर्कमा आबद्ध जुनसुकै ब्याङ्कको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्था पनि गरेको छ।
मोबाइल ब्याङ्किङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट ब्याङ्किङ, खातामै रेमिटेन्स जम्मा, मिस्डकल ब्याङ्किङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) लगायतका सेवा घरबाट उपलब्ध गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन्।