पुरुष ‘दबंग’ अनि महिला चाहिं ‘जिस्म’!
फेमिनिज्म भन्नु पुरुषलाई गाली गर्नु या पुरुषलाई सक्नु होइन, दुवैले पाउने अधिकारको समानता हो, समान अवसर होस् भनी लागिपरेको विद्रोहको चित्कार हो।
चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार, आज बिहान ३ बजे उनको निधन भएको हो। अभियन्ता कविता श्रीवास्तवले पनि ट्वीट गर्दै उनको निधन भएको जनाएकी छन्।
भासिनलाई केही महीना अघि क्यान्सर देखिएको थियो। उनले महिलावादी आन्दोलनका लागि नेटवर्क ‘संगत’ मार्फत अभियान चलाएकी थिइन्।
२४ अप्रिल, १९४६ मा जन्मिएकी भासिनले भारतको राजस्थान स्थित ग्रामीण भेगबाट अभियान थालेकी थिइन्। उनी साढे तीन दशकदेखि शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा सक्रिय थिइन्।
महिलाको सफलतालाई उसको रूप र चरित्रसँग जोड्ने यो समाजमा ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ भन्ने भनाइ सुन्दा मात्र राम्रो सुनिन्छ।
समाजले महिला र पुरुष भनी छुट्याउने संस्कार बसालेको छ जसको सिको साना बालबालिकाहरूले गरेका छन्। महिला र पुरुषको मात्र नभएर अन्य लिङ्गका मानिसहरूलाई समेत भेदभाव गरिन्छ जुन गलत हो।
प्रकृतिको संरचनाले सबैलाई समान हक-अधिकार दिएको हुन्छ, कसैले कसैलाई भेदभाव गर्नु भनेर प्रकृतिले इजाजत दिएको होइन यो त समाजले निर्धारण गरेको हो।
प्रकृतिको संरचनाले सबैलाई समान हक-अधिकार दिएको हुन्छ, कसैले कसैलाई भेदभाव गर्नु भनेर प्रकृतिले इजाजत दिएको होइन यो त समाजले निर्धारण गरेको हो। अरूलाई आफ्नो मातहतमा राख्ने, दास बनाउने पछि मात्र निर्माण गरिएको विकृत रूप हो।
समाजका टाठाबाठा भनाउदाहरूले सृजना गरेको, प्रक्रिया पुर्याएर तयार गरिएको र सामाजबाट निर्मित डरलाग्दो चलखेल हो यो।
साना बच्चालाई तिमी कुद भन्यो भने छोरा होस् वा छोरी ऊ खुल्ला रूपले आफूले जसरी सक्छ उसैगरी कुद्छ, उफ्रन्छ। तर, जब बच्चा हुर्कंदै जान्छ, उसले घरमा गरेको व्यवहार, संस्कार देख्छ।
आमालाई बुबाले गरेको व्यवहार देख्छ, स्कूलमा छोरालाई यो लगाऊ छोरीले यो लगाऊ, यसरी बस भनी निर्धारण गरिएको नीति-नियम देख्छ र उसैगरी सिको गर्छ।
छोरा त मर्द हो भन्ने चेतना उसले आफूमा खोज्छ र आफूलाई मर्द हुँ म रुनु हुँदैन, म मर्द भएका कारण यो गर्न पाउँछु तर यो छोरी हो छोरीले यसो गर्नुपर्छ, यो काम गर्नु हुँदैन अनि छोरीले सक्दैन कमजोर हुन्छ भन्ने मानसिकता दिमागमा ‘सेट’ गर्छ र ऊ मर्द बन्छ।
संसार चल्नलाई सबैको भूमिका र महत्त्व उत्तिकै हुन्छ चाहे त्यो पुरुष होस् चाहे महिला या त तेस्रो लिङ्गी नै किन नहोस्। समाजले छोरालाई तिमी शासक हौ, तिमी त राज गर्न आएका हौ, महिला त तिम्रो दास हो जति सक्छौ शासन गर भन्ने चेतना दिएर हुर्काइरहेको छ।
संसार चल्नलाई सबैको भूमिका र महत्त्व उत्तिकै हुन्छ चाहे त्यो पुरुष होस् चाहे महिला या त तेस्रो लिङ्गी नै किन नहोस्। समाजले छोरालाई तिमी शासक हौ, तिमी त राज गर्न आएका हौ महिला त तिम्रो दास हो जति सक्छौ शासन गर भन्ने चेतना दिएर हुर्काइरहेको छ।
जब कि समाजको विकासका लागि महिला र पुरुष दुवैको भूमिका र महत्त्वको बारेमा सिकाउन, बुझाउन कहिल्यै आवश्यक सोचिएन, विभेद यहींबाट हुन्छ। समाजले पुरुषलाई मर्दको नाम ट्याग दिनुको मतलब महिलामाथि शासन गर, महिला त प्रकृतिले नै कमजोर बनाएको हुन्छ उसले सक्दिन जति सक्छौ उपभोग गर भनी सिकाइरह्यो अझै सिकाउँदै छ।
महिलालाई शृंगार र घरको काममा अल्झाएर राख्ने नियम स्थापित गरियो जुन आजसम्म समाजमा राम्रोसँग स्थापित भएको छ। श्रीमान्, पुरुष, बुबा, भाइ नै किन नहोस् यी पात्र नभए जीवन नै नहुने धारमा महिलालाई उभ्याइएको छ।
पूँजीवादी बजारमा उत्पादन भएका कस्मेटिक सामग्रीले महिलाको शरीरमा राज गरे र महिलाका इच्छा, चाहना र क्षमतालाई शरीरबाट बाहिर फालिदिए। पुरुष भनेको दिमाग हो र महिला भनेको शरीर मात्र भन्ने सोचलाई कस्मेटिक सामग्रीको प्रयोग अनिवार्य गराइयो।
एउटी महिला कपाल काट्छे, शृंगारमा रुचि राख्दिन, उसलाई उन्मुक्त हाँसो हाँस्ने बानी छ र उसले आफू जस्तो छे, जस्तो चाहन्छे उस्तै व्यवहार जीवनमा लागू गरी भने चरित्रहीन या तेस्रो लिङ्गी भनेर महिलाबाट समेत बर्खास्त गरिदिन्छ यही समाजले।
पूँजीवादी बजारमा उत्पादन भएका कस्मेटिक सामग्रीले महिलाको शरीरमा राज गरे र महिलाका इच्छा, चाहना र क्षमतालाई शरीरबाट बाहिर फालिदिए।
महिलाको सफलतालाई उसको रूप र चरित्रसँग जोड्ने यो समाजमा ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ भन्ने भनाइ सुन्दा मात्र राम्रो सुनिन्छ।
समाजका हरेक तप्कामा भएका पुरुषले बनाएका चलचित्र, लेखिएका उपन्यास, नाटक, कथा, कविता लगायत विधामा महिलालाई बिचराको पात्र बनाइएको छ। एउटा पुरुषले त्यही समाजले निर्माण गरेको यस्ता महिला हेपाहा प्रवृत्ति देखेर के सिक्ला अनि कस्तो व्यवहार गर्ला?
फिल्मले पुरुषलाई ‘दबंग’ बनाउँछ, ‘बदतमिज’, ‘बाजिगर’ बनाउँछ तर महिलालाई ‘जिस्म’ मा सीमित राख्छ। ‘मे तो तन्दुरी चिकन हुँ यार, घट्काले सैया अल्कोहल से’ यस्ता खालका गीतले महिला समाजको कुन स्तरमा राखिएको छ भन्ने सहजै बुझ्न सकिन्छ।
महिलालाई नराम्रो पात्र मात्र बनाइयो भन्न खोजेको होइन, एकाध महिलालाई राम्रो पात्रका रूपमा प्रस्तुत गरिएका फिल्म, गीत, कथा, कविता, उपन्यास पनि होलान् तर कुन चिज कतिको पहुँचमा पुग्छ भन्ने हो।
मैले महिला कमजोर छैन, उसले अवसर पाएको खण्डमा हरेक काम गर्न सक्छे भन्ने खालका पुस्तक, लेख, कविता कतिको पहुँचमा पुग्छ ? मलाई फलो गर्नेहरूमध्ये ४० देखि ५० हजारले हेर्लान् पढ्लान् त्यति हो तर महिला विभेदी यस्ता खालका सामग्री विश्वभर हेरिन्छ, देखाइन्छ, रमाइन्छ। जब कि यस्ता चलचित्र करोडौंले हेरेका हुन्छन्, रातदिन टीभी रेडियो अहिलेको न्यू मिडिया हरेक माध्यममा सहजै उपलब्ध हुन्छ।
समाजमा भएका सबै समान हुन् तर समाजले कसैलाई जातको आधारमा तल, आश्रित र कमजोर बनाएको छ भने, कसैलाई वर्गको बलमा बलियो बनाइरहेको छ।
समाजमा भएका सबै समान हुन् तर समाजले कसैलाई जातको आधारमा तल, आश्रित र कमजोर बनाएको छ भने, कसैलाई वर्गको बलमा बलियो बनाइरहेको छ। यसरी संरचनात्मक बनिबनाई बुनिएको सामाजिक जालोमा हरेक पहुँच भएका व्यक्तिले पहुँच नहुने र समाजको पिंधमा पारिएका हरेकलाई सधैं शासन गर्न खोज्छ, आफ्नो मातहतमा दलाउन खोज्छ नै जसले गर्दा समाजमा मानव-मानव बीचको असमानता बढ्दै जान्छ र द्वन्द्वमा परिणत हुन्छ।
कुन महिला, कुन वर्ग, कुन वर्ण, कुन ठाउँ भन्ने नहोस् जहाँ सबैले सबै मानव अधिकारको विषयमा आवाज उठाउन सकौं र महिला कुनै पनि पुरुषभन्दा एक कदम कमजोर छैनन् तर अवसर र हिंड्ने लाइन बराबर हुनुपर्छ।
हामीले गरेको समानताको बहस पितृसत्ताको सोच विरुद्ध हो, न कि हामीले पितृसत्ताको ठाउँमा मातृसत्ता हुनु पर्यो भनेको होइन।
मेरो भाइलाई जे खान दिन्छौ मलाई पनि त्यही देऊ, भाइलाई जे पढाउँछौं मलाई नि पढाऊ, म जे काम गर्छु त्यो भाइले पनि गरोस्, मिलेर गरौं जीवन उपयोगी काम हो सबैले सिक्नु आवश्यक छ भन्ने बुझाउन मात्र खोजेका हौं।
पितृसत्ता भन्ने जटिल रोगको विपरीत उभिनु भनेको पुरुष गलत हो या पुरुषलाई समाजबाट निकाल भन्ने होइन। महिला र पुरुष समाजका महत्त्वपूर्ण हिस्सा हुन् भने किन कसैलाई मर्दको उपनाम कसैलाई बिचारीको ‘ट्याग’?
स्वतन्त्रता महिलाका लागि मात्र जस्तो देखिन्छ तर महिला र पुरुष दुवैका निम्ति हो। जसरी एउटा पांग्रो विना रथ हिंड्न सक्दैन त्यसरी महिला विना पुरुष र पुरुष विना महिला अगाडि बढ्न सक्दैन।
फेमिनिजम् भन्नु पुरुषलाई गाली गर्नु या पुरुषलाई सक्नु होइन, दुवैले पाउने अधिकारको समानता हो, समान अवसर होस् भनी लागिपरेको विद्रोहको चित्कार हो।
जुन दिन एउटी महिला स्वतन्त्र हुन्छे त्यही दिन एउटा पुरुष पनि स्वतन्त्र हुन्छ। कुनै एउटी छोरी बलात्कृत हुन्छे भने बुबालाई समेत पिरलो हुन्छ, कुुनै एउटा महिला अबेर घर आउँछे भने उसको दाजुलाई चिन्ता हुन्छ तसर्थ जिम्मेवारी सहितको स्वतन्त्रता जब महिलाले पाउँछे त्यो दिन पुरुष पनि खुल्ला हुन्छ, स्वतन्त्र हुन्छ।
स्वतन्त्रता महिलाका लागि मात्र जस्तो देखिन्छ तर महिला र पुरुष दुवैका निम्ति हो। जसरी एउटा पांग्रो विना रथ हिंड्न सक्दैन त्यसरी महिला विना पुरुष र पुरुष विना महिला अगाडि बढ्न सक्दैन।
हाम्रो लडाइँ पुरुषसँग नभएर समाजका अनावश्यक रीति र थितिसँग हो, समाजका हरेक वर्गलाई मानव भएर बाँच्न पाउने वातावरण होस् भन्ने हो। सबैले समान अवसर र अधिकार पाउन सकून् कोही गरीब हुँदैमा कोही जातीय विकृतिको पिंधको वर्ग हुँदैमा या कोही एक महिला हुँदैमा उसको क्षमता देखाउने अवसर नै नदिइयोस् भन्ने सोच हटाउन हो।
हाम्रो विद्रोह कसैलाई पनि आफ्नो अधिकारबाट वञ्चित नगरियोस् भन्नका लागि हो। शिक्षा, स्वास्थ्य, व्यक्तिगत अधिकार लगायत बुबाको सम्पत्तिको ठाउँमा आमाको सम्पत्ति होस् भन्ने हो। स्वतन्त्र भएर सोच्न र काम गर्न सक्ने वातावरणको लागि हो।
स्वतन्त्रताको नाममा जिम्मेवारी विनाको स्वतन्त्रता स्वतन्त्रता नभएर छाडापन हो। आफ्नो स्वतन्त्रता सँगै आफ्नो जिम्मेवारीको बोध हुनु आवश्यक छ।
(२०७६ सालमा भासिन काठमाडौं आउँदा गरिएको कुराकानीमा आधारित।)