जोन्टा क्लब अफ काठमाडौंलाई सिद्धार्थ ब्याङ्कको सहयोग
सिद्धार्थ ब्याङ्कले सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत रु.४ लाख ९७ हजार रुपैयाँ जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ।
उक्त रकम जोन्टा अभियानको घरेलु हिंसामा जागरुकता फैलाउन प्रयोग गरिनेछ।
ब्याङ्कका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्टा क्लबका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका हुन् ।
जोन्टा काठमाडौंले हिंसा पीडित महिलालाई सहयोग गर्न विभिन्न साझेदारसँग काम गरिरहेको छ। सिद्धार्थ ब्यांकका देशभरि १८० शाखा छन्।