सिटिजन्स ब्यांकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्टमा छूट
सिटिजन्स ब्यांक इन्टरनेशनल लिमिटेड र तनहुँको बन्दीपुर माउन्टेन रिसोर्टबीच छूट सम्बन्धी सम्झौता भएको छ।
सम्झौता पश्चात् सिटिजन्स ब्यांकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवामा विशेष छुट पाउनेछन्।
डेबिट कार्ड नभएका ग्राहकले मोबाइल ब्यांकिङ मार्फत निःशुल्क डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्नेछन् ।
ब्यांकका देशभर १८३ शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित ब्यांकिङ इकाइ छन् ।