डा.भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी ११ वर्षपछि पक्राउ
बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एकजना ११ वर्षपछि पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अपहरणमा संलग्न राजेन्द्र पण्डितलाई नुवाकोटको बिदुरबाट ५ असोजमा पक्राउ गरेको हो।
पण्डितको समूहले २०६७ जेठमा डा. श्रेष्ठलाई चितवनबाट अपहरण गरी १९ दिनसम्म बन्धक बनाएको थियो। डा. श्रेष्ठबाट रु. १ करोड १० लाख रुपैयाँ बराबरको साढे ३ किलो सुन फिरौती लिएर उनीहरू फरार भएका थिए।
लामो समयसम्म पण्डित भारतमा लुकिछिपी बसेको प्रहरीले जनाएको छ।
२०७० माघमा पुनरावेदन अदालत हेटौंडाले पण्डितलाई अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा ९ वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो।