कक्षा ११ की ७८ वर्षीया विद्यार्थीको डाक्टर बन्ने धोको
अब रत्नकुमारीले अर्को अठोट लिएकी छन्, पढाइ नछाड्ने। स्वास्थ्यले साथ दिए डिग्री पनि सिध्याउने। उनले काठमाडौं बानेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना गरिसकेकी छन्। कक्षा शुरू त भएको छैन, तर घरमै पढ्न थालिसकेकी छन्। भन्छिन्, “समय छँदै छ, किन खेर फाल्नु? जति सक्छु, उति पढ्दै जान्छु।”
थप सामग्री : https://www.himalkhabar.com/news/125869