सानिमा ब्यांकको दशैं योजना
बडा दशैंको अवसरमा सानिमा ब्यांकले विशेष योजना सार्वजनिक गरेको छ।
१ असोजदेखि लागू भएको योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म ब्याजदर मासिक रूपमा प्रदान गरिनेछ।
खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल, इन्टरनेट ब्यांकिङ, मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने ब्यांकले जनाएको छ। यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा १० लाखसम्मको बीमाको व्यवस्था पनि गरिएको छ।
रु.३ लाख बराबरको घातक रोगको बीमा, रु.५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु.५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु.५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा पनि गरिने छ।
सानिमा ब्यांकको वेबसाइट मार्फत अनलाइन खाता पनि खोल्न सकिन्छ। सानिमाका देशभर १०४ कार्यालय तथा ९६ एटीएम छन्।