नेपाल बाङ्लादेश ब्यांककोे १०औं विस्तारित सेवा शुरू
नेपाल बाङ्लादेश ब्यांकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको हाताभित्र १०औं विस्तारित सेवा केन्द्रको शुरूआत गरेको छ।
उक्त सेवा केन्द्रको उद्घाटन वडा नं. ९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले गरेका हुन्।
विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ ब्यांकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाभित्र वित्तीय पहुँच विस्तारमा सघाउ पुर्याउने विश्वास गरिएको छ।
विस्तारित केन्द्रबाट सम्पूर्ण ब्यांकिङ सेवा लिन सकिने ब्यांकले जनाएको छ।
‘सबैका लागि ब्यांक’ भन्ने मूल नारा सहित स्थापनाको २७औं वर्ष पूरा गरेको नेपाल बाङ्लादेश ब्यांकले १०० शाखा, ९ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएम मार्फत ब्यांकिङ सेवा दिंदै आएको छ।