ग्लोबल आइएमई ब्यांकको डिबेञ्चर नेप्सेमा सूचीकृत
ग्लोबल आइएमई ब्यांक लिमिटेडको ‘डिबेञ्चर २०८६/८७’ ऋणपत्रको ३० लाख इकाइ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
१० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरल प्रत्येक आर्थिक वर्षको ६–६ महीनामा ब्याज प्रदान गरिनेछ।
ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले (आईसीआरएएनपी–आईआर) एलए रेटिङ गरेकोे छ। यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्यून रहेको जनाउँछ।
ग्लोबल आइएमई ब्यांकका ७६ जिल्लामा २८० शाखा तथा २५० एटीएम छन्।