मुद्दती निक्षेपमा मुक्तिनाथ विकास ब्यांकको १० प्रतिशत ब्याज
मुक्तिनाथ विकास ब्यांकले १ असोजदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ।
ब्यांकले व्यक्तिगत मुद्दतीमा तीन महीनाका लागि १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको हो।
साथै, ब्यांकले तीन महीने संस्थागत मुद्दतीमा ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने जनाएको छ।
मुक्तिनाथ विकास ब्यांकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कमा आबद्ध जुनसुकै ब्यांकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।