सेञ्चुरी ब्यांकको मोबाइल रेमिट्यान्स सेवा
सेञ्चुरी कमर्सियल ब्यांकले मोबाइल ब्यांकिङ एप सेञ्चुरी–पेबाट आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्ने भएको छ।
यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल ब्यांकिङ एपमा थप गरिएको हो। यो सेवा सञ्चालनमा आएसँगै ब्यांकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल ब्यांकिङ एपबाट पठाउन सक्नेछन्।
रेमिट्यान्स पठाउँदा एपमा रहेको सेञ्चुरी रेमिट मार्फत नगद वा ब्यांक खातामा जम्मा गर्न मिल्ने सुविधामध्ये एक रोज्न सकिनेछ।
यो सुविधामा देशभर रहेका सेञ्चुरी कमर्सियल ब्यांकका शाखा कार्यालय र १० हजार आधिकारिक एजेन्ट मार्फत रकम संकलन गर्न सकिन्छ।