सञ्जीवनी विद्यालयलाई नेपाल ब्यांकको सहयोग
नेपाल ब्यांंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ।
उक्त विद्यालयमा अध्ययनरत फरक हिसाबले सक्षम विद्यार्थीका लागि २० थान झोला र २० थान ‘इन्टरपोइन्ट ब्रिल स्लेट अफ अ ग्रेड’ उपलब्ध गराएको हो।
ब्यांकका तर्फबाट प्रवक्ता प्रकाशकुमार अधिकारीले ४० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेका छन्।