कोरोनाको जोखिम मोलेरै कक्षा १२ को परीक्षा (तस्वीरहरू)
कोभिड-१९ संक्रमणको जोखिमकै बीच आजबाट देशभर कक्षा १२ को परीक्षा सञ्चालन भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले ‘होम सेन्टर’मै परीक्षा केन्द्र तोकेको छ। सबै परीक्षा केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।
कोरोनाभाइरसको संक्रमण बढेपछि वैशाखमा तय गरिएको परीक्षा स्थगित भएको थियो। पाँच महीना ढिलो गरि आजबाट शुरू भएको परीक्षा ८ असोजसम्म सञ्चालन हुनेछ।