सिटी एक्सप्रेस र टेरा–पेबीच सम्झौता
सिटी एक्सप्रेस मनी ट्रान्सफर र टेरा–पेबीच रेमिट्यान्स कारोबारको लागि सम्झौता भएको छ ।
सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेरा–पेका सहसंस्थापक एनी सेनले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि टेरा–पे प्रयोग गरी ७९ देशबाट सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउन सकिन्छ । उक्त रकम सिटी एक्सप्रेसका मुलुकभरका १२ हजार एजेन्टमार्फत भुक्तानी गर्न सकिन्छ ।
टेरा–पे यूरोपलाई केन्द्रमा राखेर व्यवसाय गर्ने कम्पनी हो । सिटी एक्सप्रेसले १५ वर्षदेखि रेमिट्यान्स सेवा दिंदै आएको छ ।