एभरेष्ट ब्यांकको ‘एभरेष्ट उत्सवमय अफर’
एभरेष्ट ब्यांकले दशैं तथा तिहारको अवसरमा ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ ।
यस अफर अन्तर्गत ब्यांकले ‘घर भाडाभन्दा सस्तो घर कर्जा’, ‘साना तथा मझौला उद्योग कर्जा’ ‘गाडी तथा मोटरसाइकल कर्जा’ र ‘व्यक्तिगत कर्जा’ योजना ल्याएको हो ।
२७ भदौदेखि लागू भएको योजनामा घर कर्जा ७.४८ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत र मोटरसाइकल कर्जा ७.९९ प्रतिशत ब्याजदरमा लिन सकिन्छ ।
व्यक्तिगतकर्जा ७.९९ प्रतिशतमा ब्याजदरमा उपलब्ध हुने ब्यांकले जनाएको छ ।