शरदयामलाई स्वागत (तस्वीरहरू)
दशैं नजिकिँदै गर्दा भक्तपुरको चाँगुनारायणमा चंगा उडाउँदै गरेका बालबालिका। स्थानीय बासिन्दाका अनुसार, अन्नबालीको राम्रो फसलका लागि मनसुनमा पर्याप्त वर्षा गरेकोमा इन्द्रप्रति कृतज्ञता जनाउन चंगा उडाउने गरिन्छ।
नेपाली पात्रो अनुसार पनि मनसुन अर्थात् वर्षायाम सकिन लागेको छ। असोजदेखि शरदयामको आगमन हुनेछ। यससँगै चाँडपर्व प्रारम्भ हुन्छन्।