मुक्तिनाथ विकास ब्यांकको सहयोग
मुक्तिनाथ विकास ब्यांक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था तथा व्यक्तिलाई सहयोग गरेको छ ।
भदौ महीनामा मात्र ब्यांकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ का लागि रु. ५० हजार रकम मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ ।
यसै गरी कास्कीको मालपोत कार्यालयका लागि ३ थान ३ सिटर फलामको कुर्सी हस्तान्तरण गरेको छ । कास्कीकै पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकाश बरालको मृगौला प्रत्यारोपनका लागि ५० हजार रुपैयाँ सहयोग गरेको ब्यांकले जनाएको छ।
यसका साथै, ब्यांकले बालबालिकाको शिक्षामा टेवा पुर्यानको लागि रेस्ट फाउन्डेसनलाई रु. ४० हजार सहयोग गरेको छ ।
मुक्तिनाथ विकास ब्यांकले भैंसेपाटीस्थित प्रगति युवा क्लवद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा पनि आर्थिक सहयोग गरेको छ ।