सेञ्चुरी ब्यांकको रेमिट प्रिमियम अकाउन्ट
सेञ्चुरी कमर्सियल ब्यांकले नयाँ बचत खाता ‘सञ्चुरी रेमिट प्रिमियम खाता’ को शुरूआत गरेको छ।
एक हजार रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने छ।
यस खातामा अन्य बचत खातामा भन्दf १ प्रतिशत बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट र मोबाइल ब्यांकिङ नि:शुल्क उपलब्ध गराउने ब्यांकले जनाएको छ ।
यस खातामा लकर सेवा, एटीएम लगायत सुविधाको पनि व्यवस्था गरिएको छ । रेमिट प्रिमियत खाता खोल्नको लागि रेमिट्यान्स प्राप्त गरेको रसिद ब्यांकलाई उपलब्ध गराउनु पर्नेछ ।
ब्यांकले काठमाडौं उपत्यकामा २३ शाखा र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखा, ३ वटा एक्सटेन्सन काउन्टरका साथै १८ वटा शाखारहित ब्यांकिङ १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।