संखुवासभामा ६ जनाको हत्या आरोपमा छिमेकी सार्वजनिक
संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी युवकलाई सार्वजनिक गरेको छ।
एक साताअघि मादी नगरपालिका-१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो। उनीहरूको हत्या आरोपमा पक्राउ परेका छिमेकी लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार चैनपुरमा सार्वजनिक गरेको हो।
पक्राउ परेका लोकबहादुर हत्या गरिएका तेजबहादुरका भतिजा पर्छन। लोकबहादुरलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।
हत्या गरिएका सबै जनाको टाउकोमा चोट लागेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको अनुसन्धानमा देखिएको छ।
घटनाको अनुसन्धान गर्न प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी घटनास्थलमै छन्। त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र संघीय एकाइ प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धान खटिएको छ।
२१ भदौ राति मादी नगरपालिका-१ का बुद्धमान कार्की, उनकी आमा पार्वती, छोरा तेजबहादुर, बुहारीहरू कमला र रञ्जना, नाति विपिन र नातिनी गोमाको हत्या गरिएको थियो।