‘एमसीसी नेपालको हितमा छ, स्वार्थको रोटी सेक्न अनावश्यक भ्रम छरियो’
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा भएको बताउँछन्।
सन् २०१७ मा भएको सम्झौता अनुसार, ५० करोड डलर अनुदान लिंदा नेपालले कुनै पनि रक्षा वा सैन्य दायित्व वहन गर्नुनपर्ने र एमसीसी इन्डो–प्यासिफिक स्ट्राटेजीको अंग नभएको महतको निष्कर्ष छ।
संसद्बाट एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा रहेका पूर्व अर्थमन्त्री महतसँग हिमालखबरले गरेको कुराकानी ।