ग्लोबल आइएमई ब्यांकको रेटिङमा स्तरवृद्धि
नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई ब्यांकको रेटिङलाई स्तरवृद्धि गरेको छ।
इक्रा नेपालले ग्लोबल आइएमई ब्यांकको आईसीआरएएनपी–आईआर ए माइनसबाट आईसीआरएएनपी–आईआर ए तथा ऋणपत्रको रेटिङलाई आईसीआरएएनपी एलए माइनसबाट आईसीआरएएनपी–एलपीमा स्तरवृद्धि गरेको हो।
यस रेटिङले ब्यांकको वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ।
ब्यांकको पर्याप्त तरलता तथा पूँजीकोष, कार्यालय सञ्जाल, आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन जस्ता तथ्यको आधारमा रेटिङको स्तरवृद्धि गरिएको हो।
ग्लोबल आइएमई ब्यांकका ७६ जिल्लामा २८० शाखा र २५० एटीएम छन्। ब्यांकले २५७ शाखारहित ब्यांकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको छ।