कोरोनाबीच पशुपतिमा घुइँचो (तस्वीरहरू)
तीजको अवसरमा पशुपति मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। तर, कोरोनाभाइरसको महामारीका कारण मन्दिर भने खुलेको छैन।
पशुपति क्षेत्रमा पनि बिहानैदेखि भीडभाड बढेको छ। पूजा तथा दर्शन गर्न भक्तजनहरू आउनेजाने क्रम चलिरहेको छ।
कोभिड-१९ को जोखिम कम नभएको जनाउँदै पशुपतिको मन्दिर भने खोलिएको छैन। गत वर्ष पनि कोरोनाका कारण मन्दिर बन्द गरिएको थियो।