वर्ल्डलिंकले शुरू गर्यो ३०० एमबीपीएस क्षमताको इन्टरनेट
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ३०० एमबीपीएस क्षमताको इन्टरनेट सेवा शुरू गरेको छ।
वर्ल्डलिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा शुरू गरेको हाे। फोटोन उच्च गतिको इन्टरनेट मानिन्छ।
फोटोन स्कीममा ग्राहकले मेस वाइफाई प्रणालीबाट समान रूपमा उच्च गतिमा इन्टरनेट प्राप्त गर्नेछन्। यस्तो वाइफाई प्राप्त गर्न नोकियाको बेकन १.१ राउटर प्रयोग गरिने कम्पनीले जनाएको छ। मेस वाइफाईमा सबै राउटर एक अर्कासँग जोडिएका हुन्छन्।
नयाँ इन्टरनेट सेवा सार्वजनिक गर्दै वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले नेपालमा पहिलो पटक ३०० एमबीपीएस गति, फोटोन सिरिज र नोकिया बिकन १.१ राउटर प्रयोगमा ल्याएको दाबी गरे।
वर्ल्डलिंकले नेटटिभी ब्राण्डमा आईपीटीभी सेवा पनि उपलब्ध गराइरहेको छ। यसले देशभर ११ हजारभन्दा बढी स्थानमा निःशुल्क वाइफाई हटस्पट सेवा दिइरहेको छ।