सन्राइज ब्यांकका दुई शाखारहित सेवा शुरू
सन्राइज ब्यांक लिमिटेडले थप दुई शाखारहित ब्यांकिङ सेवा शुरू गरेको छ।
ब्यांकले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजार र सुनसरीको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा गरी दुई शाखारहित सेवा शुरू गरेको हो।
उक्त सेवा सञ्चालनका लागि ब्यांकले सोकनाहमा जितेन्द्रकुमार साह र तित्रिवनका लागि रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ।
नयाँसँगै सन्राइज ब्यांकको शाखारहित ब्यांकिङ सेवाको संख्या ८९ पुगेको छ। शाखारहित ब्यांकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत सेवा प्रदान गरिने ब्यांकले जनाएको छ।
सन्राइज ब्यांकका १३९ शाखा, १२ एक्सटेन्सन काउण्टर, १६१ एटीएम र ८९ वटा शाखारहित ब्यांकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ।